बैशाख १२, चितवन ।
पूर्वी चितवनको रत्ननग वडा नं १३ स्थित असहाय बृद्ध कल्याण समाज परिसर भोली बैशाख १३ गते शनिवार बृहत निस्शुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर विहान ७ बजेबाट सुरु हुने छ । अमिलिया टोल विकास संस्थाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा हुने बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र सेवाहरू प्रदान गरिने संस्थाका अध्यक्ष केशवराज पाठकले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट सुगर, प्रेसर, महिलाको स्तन, पाठेघर, हाड जोर्नी तथा नसा र बालबालिकाको रोग सम्बन्धी परीक्षण र अन्य नसर्ने रोगको परीक्षण हुने अध्यक्ष पाठकले जानकारी दिए ।अध्यक्ष मेघनाथ पौडेलले सञ्चालन गरेका थिए ।
