जेठ १४, चितवन ।

साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसको अवसरमा हिजो साँझ भरतपुरमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले महान शहिद कृष्ण सेन इच्छुकको योगदानको चर्चा गर्दै दीप प्रज्वलन गरेर स्मरण गरे ।

२३ औं स्मृति दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा दीप प्रज्वलन गर्दै प्रेस सेन्टर नेपालकी केन्द्रीय उपाध्यक्ष शान्ता अधिकारीले स्वर्गीय सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान दिएर गएको भन्दै उनले देखाएका आदर्शलाई अनुशरण गर्दा मात्र सेनको सच्चा स्मरण हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरतपुरका अध्यक्ष ईश्रवर सापकोटा सुमनले स्वर्गीय सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपाली समाजलाई छोडेर गएको योगदान अनुकरणीय रहेको बताउँदै शहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा प्रेस सेन्टर नेपाल चितवनका पूर्व अध्यक्ष प्रकाशमणि ज्ञवाली, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी अधिकारी,, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल प्रेस सेन्टर भरतपुरका अध्यक्ष किशोर सापकोटासहित पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।भने प्रेस सेन्टरका नेता चिन्तामणि पाैडेल ईच्छुकको योगदान बारे स्मरण गराएका थिए ।

पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर पासविक हत्या तत्कालिन सरकारले गरेको थियो । कार्यक्रम प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।