जेठ ३०, चितवन ।
चितवनको भरतपुरमा पत्रकार सम्मेलन भैरहेको ठाउं पत्रकारमा माथी आक्रमण भएको छ । बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेस ले बेलायत लाने भन्दै केहि व्यक्तिहरु संग पैसा लिएको र नलगेको विषयमा पिडित पक्षले पत्रकार सम्मेलन गरेको ठाउंमा कन्सल्टेन्सीका केहि मानिसहरु गुण्डा गर्दी शैलीमा आक्रमण गरेका हुन् । कन्सल्टेन्सीका भनिएका भरतपुर महानगरपालिका ४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर ४ बस्ने २३ वर्षीय सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका ८ का ३३ सविन थापालगायतका व्यक्तिहरुले प्रहरीसँगै प्रवेश गरि गुण्डागर्दी शैलीमा पत्रकारहरु माथि आक्रमण गरेको प्रति नेपाल पत्रकार महासंघ चितवन सहित अन्य पत्रकार संगठनहरुले घटनाको घोर भत्र्सना गर्दै दोषीमाथी कडा कारबाहीको माग गरेका छन् । भरतपुर७ स्थित लाल्सा रेष्टुरेन्टमा बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिँदा पनि सुनुवाई नभएको भन्दै पीडितहरुले गरेको पत्रकार सम्मेलनको आयोजना गरेका थिए । आक्रमणका क्रममा पत्रकारको क्यामेरा धकेल्ने, खिचेको फोटो, भिडिओ डिलिट गर्न दबाब दिने, कुटपिट गर्ने गर्दा प्रहरीले मुकदर्शक भई आक्रमण गर्ने व्यक्तिहरुलाई नै संरक्षण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन आपत्ति जनाएको छ । महासंघले अराजकतालाई प्रोत्साहन गर्ने प्रहरीहरुसहित आक्रमणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग समेत गरेको छ ।
