किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुंदे चितवन घोषणा पत्र जारी गर्दै सम्पन्न
किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुंदे चितवन घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । यहि फागुन ७ र ८ गते चितवनको भरतपुर भएको बैठकले किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय चुम्लुङको २५ औँ बैठक इलामा गर्ने निर्णय गर्दै नेवाः ताम्सालिङ संस्थाका सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न भएको हो । प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख प्रा.डा. गोबिन्द बहादुर तुम्बाहाङले २४ औँ राष्ट्रिय चुम्लुङको उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय चुम्लुङमा पांचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, संखुवासभा, ताप्लेजुङ र धनकुटा जिल्ला कार्य समितिहरू, लिम्बुवान प्रदेश समिति, नेवाः ताम्सालिङ प्रदेश समिति, विषयगत सङ्गठनहरू, थरगत तथा लिम्बुजन्य संस्थाहरू र विदेश स्थित किरात याक्थुङ चुम्लुङहरूबाट प्रतिवेदनहरू प्रस्तुत गरिएकोे थियो । उक्त चुम्लुङ बैठकमा संस्थाको
सङ्गठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन एवम् समसामयिक प्रस्तावहरू छलफल गरी पारित गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक सफल पार्न क्रियाशील व्यवस्थापक जिल्ला कार्य समिति चितवन, लिम्बु विद्यार्थी मञ्च शाखा चितवन, जस्ना कन्स्ट्रक्सन चितवन, आर्थिक सहयोगदाताहरू, कियाचु सुनसरी जिल्ला कार्य समिति, कियाचु ललितपुर जिल्ला कार्य समिति, कियाचु हङ्कङ, होटल ग्लोबल, पूर्वेली समाज चितवन, पत्रकारहरू, उद्घाटन समारोहका प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिहरू, स्वयम्सेवकहरू, केलाःङ एवम्गायक कलाकारहरू, प्राविधिक सहयोगी गीता आले, सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू, उपस्थित अन्य महानुभावहरू सवैलाई यो राष्ट्रिय चुम्लुङ हार्दिक धन्यवाद ज्ञापन गरेको थियो ।