News

 

फागुन १४, चितवन । अखिल नेपाल किसान महासंघ चितवनको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष सुरेन्द्र मोहन शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ वागमती प्रदेशका संयोजक कृष्ण प्रसाद अधिकारी, नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका इन्चार्ज शम्भु सुवेदी, कृषि तथा पशुपंक्षी विभाग चितवनका प्रमुख कृष्ण प्रसाद तिवारी मन्तव्य राख्नु भएको थियो । समितिका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम समितिका सचिव सिपी अधिकारीले सञ्चालन गर्नु भएको थियो । त्यस्तै अधिवेशनले सिपी अधिकारीको अध्यक्षतामा ६५ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनको सभाहलमा भएको अधिवेशनले सर्वसम्मत नयां कार्य समिति चयन गरेको हो ।

फागुन १४, रत्ननगर । 
पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको छ । नारायणगढ निवासी स्वर्गीय रुकमणि प्रधानको पुण्यतिथिमा संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको हो । प्रधानका श्रीमान केएल भूषण प्रधान, जेठा छोरा गगन प्रधान, चितवन उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा कान्छा छोरा सहन प्रधान, छोरीहरु शशी श्रेष्ठ , डा।सन्जु लाल, वर्षा प्रधान, नाति प्रियनलाल केन्द्रमा पुगेर खाद्यान्न तथा स्टेशनरी हस्तान्तरण गरेका थिए । संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले आर्थिक मन्दीको प्रभाब संरक्षण केन्द्रमा परेको भन्दै सहयोग गर्न दाँताहरुलाई आग्रह गरेका छन् ।


फागुन १४, रत्ननगर । चितवनका पर्यटन व्यवसायीहरुको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाको १८औं साधारण सभा तथा नबौं अधिवेशन आइतवार देखि सुरु भएको छ । सौराहामा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनको होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहले उद्घाटन गरेका छन् । अधिवेशनले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । संघको अध्यक्षमा सौराहाका स्थापित व्यवसायी गंगा गिरीको नाम चर्चामा रहेको छ । संघको कार्यसमिति सदस्य, कोषाध्यक्ष हुँदै बर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका गिरीलाई अध्यक्षमा सर्बसम्मत गराउने गरी व्यवसायीहरुले छलफल गरेका छन् । अधिवेशनले अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष,एक महासचिव, एक कोषाध्यक्ष र १५ जना सदस्य गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । आइतबार साधारण सभा तथा अधिवेशन उद्घाटन गरी सोमबार बन्दसत्र मार्फत नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको छ । सर्बसम्मत नयाँ कार्यसमिति चयन गर्ने गरी व्यवसायीहरु आन्तरिक रुपमा सहमति नजिक रहेको बुझिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका उपाध्यक्ष शाहले राज्यले पर्यटन व्यवसायलाई उद्योगको मान्याता दिन नसकेको बताए । कोरोनाको महामारीका कारण थलिएको पर्यटन व्यवसाय अझै उठ्न नसकेको भन्दै उनले पर्यटन व्यवसायको विकासको लागि राज्य उदासीन रहेको बताए । सरकारको बैङ्किङ नीतिको कारण व्यवसायी चर्को व्याजदरको मारमा परेको उनको भनाई छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कालिका नगरपालिकाको पर्यटन विकासको लागि सौराहाका पर्यटन व्यवसायीसंग सहकार्य गर्न तयार रहेको बताए । क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले कोरोना महामारीका कारण बार्षिक चार लाख पर्यटक भित्र्याउने योजना असफल भएको बताए । कार्यक्रममा पत्रकारिता मार्फत चितवनको पर्यटन विकासमा खेलेको भूमिकाको कदर गर्दै पत्रकार कोमलचन्द्र भगतलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, क्षेत्रीय होटल संघ चितवनका निर्वतामान अध्यक्ष सुमन घिमिरे, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ,चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, क्षेत्रीय होटल संघ भक्तपुरका अध्यक्ष सत्यराज खनाल लगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष अन्जनकुमार पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव गुणराज थपलियाले सञ्चालन गरेका थिए । संघमा ६१ जना व्यवसायी आबद्ध छन् ।

Subcategories