News

चितवन, पुस ३० ।

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरुलाई घर फर्कन आग्रह गर्नुभएको छ । रोल.........

शनिबार काठमाडौंको माइतिघरमा निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै धर्ना बसिरहेका अधिकारकर्मीसंग भेट गर्दै लामिछानेले उक्त घटनामा अनुसन्धान जारी रहेकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्दै घर फर्कन आग्रह गर्नुभएको हो । मन्त्री लामिछानेले प्रक्रिया पु¥याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभयो । आफु मन्त्री भएको तीन दिनमा नै उक्त घट्नाका सम्बन्धमा गम्भीर भएर अनुसन्धानमा खट्न निर्देशन दिएको पनि उहाले बताउनुभयो ।

 

सो क्रममा अधिकारकर्मी रुवी खानले पटक पटकको आश्वासनपछि पनि न्याय नपाएकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको र न्याय नपाएसम्म घर फर्कन नसक्ने बताउनुभयो । उहाले आफुहरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताउनुभयो ।

चितवन, पुस ३० ।

 

नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायीत्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता सङ्घर्ष ३० बर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको हो । उहाले प्रत्यक्ष र समानुपातीकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलान्स बनाउनुपर्ने उल्लेख गर्नुभयो । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उहाको भनाइ छ । ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राख्नुभयो । बाइट........

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले सत्ता प्राप्तीका लागि नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको टिप्पणी गर्नुभयो । थापाले सत्ता कस्का लागि र किने भन्ने स्पष्ट नहुदा समस्या देखिएको जिकिर गर्नुभयो । 

पत्रकार भण्डारीले लेख्नुभएको पुस्तकमा ३० बर्षको दौरानमा सरकार गठनको प्रक्रिया, शक्ति चलखेल लगाएतका बिषय उल्लेख गरिएको छ ।

 

चितवन, पुस ३० ।

 

पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो । आज राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

  

Subcategories