News


फागुन ११, चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको ३०औँ दिन भोलि (शुक्रबार) सवा करोड दिप प्रज्वलन गरिँदै छ । दिप प्रज्वलनका लागि आवश्यक तयारी सकिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए ।
भोलि दिउँसो १२ बजेबाट पाँच सरे सवा करोड दिप प्रज्वलन गरिने छ । दिप प्रज्वलन गर्न विभिन्न आमा समूहले नाम टिपाएका छन् । कोटिहोम महायज्ञका अध्येता एवम् राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम महायज्ञ गरिएको हो । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा हवन, तर्पण एवम् मार्जन हुँदै आएको छ ।
महायज्ञमा बिहीबार बैष्णव परिषद्का केन्द्रिय अध्यक्ष तथा लक्ष्मी नारायण मन्दिर धनगढीका पीठाधिस आवाहल ब्रम्हचारी स्वामी १००८ देवराज आचार्यजी महाराजको आगमन भएको थियो । साथमा प्रसिद्ध कथा वाचक विष्णुप्रसाद ज्ञवाली, योगी खेचरनाथ र विश्व हिन्दु महासंघका अरुण कुमार पाण्डेले पनि महायज्ञको दर्शन एवम् अवलोकन गरेका छन् । फागुन १५ गते सकिने महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ ।

 

फागुन ११, भरतपुर ।

भरतपुर माहानगरपालिका १६ काभ्रेघाटमा एक बालकको शव फेला परेको छ । चितवनको माडी नगरपालिका –५ घर भइ हाल भरतपुर महानगरपालिका १० बस्ने १६ वर्षीया बालक रितेस थापाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शव बिहान ८ः३० बजे नदीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार भरतपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्न थापा फागुन ६ गते शिवरात्रीका दिन तनहुँ देबघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा बेपता भएका थिए ।

फागुन ११, भरतपुर ।

 भरतपुर महानगरपालिका–११ गणेशस्थानमा छोराले मादक पदार्थ सेवन गरी दाउराले हानेर आफ्नै आमाको हत्या गरेका छन् । चितवन प्रहरीको अनुसन्धान अनुसार बुधबार राति ९ बजे ७८ वर्षीय आमा मिना कुमारी घलेलाई आफ्नै छोरा ४० वर्षको पुरन घलेले हत्या गरेका हुन् ।
मिना कुमारी आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको अवस्थामा प्रहरीले भेटेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर लाशको मुचुल्का उठाएको थियो । आमा छोराबीच बिवाद हुँदा दाउरोले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । तत्काल घटना स्थलबाट फरार अभियुक्त पुरन घलेलाई खोजतलास गर्दा आज बिहीबार बिहान घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subcategories