News

गैँडाकोट (नवलपुर), ३ फागुन । गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले मानवीय आचारणका कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ।

सहमति संस्थाको आयोजनामा गैँडाकोटमा नारायणी जलाधार संरक्षणका लागि आयोजित नारायणी नदी सम्मेलनमा बोल्दै उहाँले मानव सिर्जित विविध कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभयो । पानी जीवनका लागि अपरिहार्य रहेको बताउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री गुरुङले नारायणी नदी सम्मेलनले प्रदेशको नीति बनाउन सघाउ पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

विज्ञान तथा प्रविधि पूर्वमन्त्री ई. गणेश शाहले नदी आमा समान गंगाको रुपमा लिईने र आमाले जस्तै पोषण दिइरहने भएकाले यसको नदीको संरक्षण जरुरी रहेको बताउनुभयो। उहाँले प्रदेश नीति बनाउँदा सरंक्षण कार्यलाई प्राथमिकतामा राख्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्व अति नै रहेको बताउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रुपमा लिदैँ नारायणी, राप्ती र रीउ लगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिनुभयो ।

 

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जलवायु परिवर्तनले गर्दा ठूला बाढी आउने क्षति पुराउने गरेकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नारायणी नदीलाई स्वच्छता कायम राखी जलचरको संरक्षणका लागि मूहानदेखी नै संरक्षण कार्य प्रराम्भ गरिनुपर्नेमा जोड दिनुभयो ।

भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले मानव जाति र प्राणीका लागि अपरिहार्य पानी र नारायणी नदीलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन जरुरी रहेको बताउँदै नारायणी नदी किनारमा विसर्जन गरिदै आएको फोहर वैज्ञानिक ढंगले व्यवस्थापन गरिने बताउनुभयो ।

गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बाढीका कारण नदीजन्य पदार्थ भारततर्फ बगेर खेर गएको जनाउँदै त्यस्ता पदार्थको उपभोग एवं सदुपयोग गर्न मिल्ने ऐनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गैँडाकोटका पूर्व नगर प्रमुख छत्रराज पौडेलले एक सामुदायिक वन एक जलाधार निर्माणमा जोड दिदैँ अन्तर पालिका एवं जिल्लाबीच समन्वय गरी नारायणी नदी व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।

गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद शर्माले पानी संरक्षणमा गैर सरकारी संस्थाहरुको भूमिका अहम् रहेको बताउनुभयो ।

आईसेट नेपालका सल्लाहकार एवं सञ्चालक अजय दिक्षितले नदी, लय र उत्थानशीलताबारे प्रकाश पार्दै जीव प्रणाली, अर्थ प्रणाली र समताको समन्वय हुनुपर्ने बताउनुभयो ।

नदी सम्मेलनलाई सम्बोधन गर्दै डब्लु डब्लु एफका नेपाल प्रतिनिधि डा। घनश्याम गुरुड।ले पानी विना जीवन कल्पना समेत गर्न नसकिने बताउँदै पानी शिक्षा चलाउनुपर्ने बताउनुभयो । उहाँले जलाधार क्षेत्रमा भएका प्रदुषण रोक्दै पानीसँग जोडिएका धर्म, संस्कार रिति रिवाज एवं संस्कृति, उद्योग सञ्चालन, जलवायु परिवर्तन, नदी संरक्षण तथा सम्वद्र्धन एवं जैविक विविधताका विषयमा सचेत बन्नुपर्ने बताउनुभयो ।

सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाका संयोजक दिनेश वास्ताकोटीले नारायणी जलाधार क्षेत्र तथा यहाँ रहेका पानीका स्रोत संरक्षण यसको उपभोग गर्नका लागि सम्बन्धित निकायहरुसँग छलफल गरी मानव र प्रकृतिको लागि संयुक्त कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने बताउनुभयो।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सिमसार क्षेत्रहरुको संरक्षण, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने कार्यमा सहजिकरण गर्दै आएको बताउनुभयो ।

डब्लु डब्लु एफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सञ्चालित दुई दिने सम्मेलनमा सरोकारवाला एवं संरक्षणकर्मीबीच गहन छलफल गरी जलाधार संरक्षणका उपायहरुको खोजी भएको थियो । पानी खानेपानीको आधार, बिजुली बत्तीको आधार, कृषि सिंचाईको आधार, पर्यटनको आधार, धार्मिक अनुष्ठानका लागि, जलचरको बासस्थान लगायत जनजीविकाको आधार भएकाले पानीको व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको सहभागीहरुले बताएका छन् ।

सहमतिले ग्रिन पिक्सेलसँगको सहकार्यमा यसअघि नवलपुर, चितवन र मकवानपुरमा पटक–पटक कार्यशाला गरी संयुक्त कार्ययोजना तयार गरेको थियो । सो अवसरमा मन्त्री बेदबहादुर गुरुड।ले जलाधार क्षेत्र संरक्षण कार्ययोजना विमोचन गर्नुभएको थियो ।

सम्मेलनले यस क्षेत्रमा गरिएका अध्ययन, अनुसन्धानहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुर्याएको विश्वास गरिएको छ । नारायणी नदीसँगै सहायक नदी र खोलाहरु पानीको मुख्य स्रोत भएकोले यी क्षेत्रमा गर्नुपर्ने कामका विषयमा पनि सम्मेलनमा छलफल भएको थियो । नारायणी जलाधार क्षेत्रले नवलपुर, चितवन र मकवानपुर गरी ४ लाख ६८ हजार हेक्टर क्षेत्र ओगटेको छ । यहाँका ११ लाख व्यक्ति लाभान्वित छन् ।

 

फागुन १, चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।
आज सोमबार थप तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा स्थान बनाउने सबै आठै टोलीको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो खेलमा थापा गाउँ भेटेरानले दरबार भेटेरान नुवाकोटलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो ।
थापा गाउँले नुवाकोटको पोष्टमा आधा दर्जन गोल ग¥यो । थापा गाउँको फराकिलो जितमा सुनिलकुमार सुवेदीले ह्याट्रिक गरे । यस्तै शशी थापाले दुई तथा सुमन श्रेष्ठले एक गोल गरे । नुवाकोटका डम्बर शाहले एक मात्र गोल गरे ।
खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । छैटौं मिनेटमा गोल गर्दै डम्बरले नुवाकोटलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको थापा गाउँले खेलमा उत्कृष्ट कमब्याक ग¥यो । पहिलो हाफको अन्तिम मिनेटमा सुनिलले थापा गाउँका लागि बराबरी गोल फर्काए । लगत्तै पहिलो हाफको अतिरिक्त मिनेटमा सुमनको गोलमा थापा गाउँले अग्रता लियो ।
दोस्रो हाफको तेस्रो मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३(१ को अग्रता दिलाए । १३ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरे । २५ औं मिनेटमा शशीले गोल गर्दै थापा गाउँको अग्रता लम्बाए । २८ औं मिनेटमा शशीले व्यक्तिगत दोस्रो गोल गरेपछि थापा गाउँले ६(१ को फराकिलो जित दर्ता ग¥यो । थापा गाउँका सुमन म्यान अफ दि म्याच भए।
दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले बगरभाई खलक पोखरालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लब टाई ब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १(१ को बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा धकेलियो । टाई ब्रेकरमा पुलिसले ५(४ को जित निकाल्यो ।
त्यस अघि खेलको २० औं मिनेटमा शशी गौतमले पुलिसका लागि गोल गरेका थिए । दोस्रो हाफको चौथो मिनेटमा बगरभाई खलकका राजकुमार तामाङले बराबरी गोल फर्काएका थिए । पुलिसका गोल रक्षक राजेन्द्र गौतम म्यान अफ दि म्याच भए ।
तेस्रो तथा अन्तिम खेलमा कलकत्ता विजयी भयो । कलकत्ताले फ्रेन्ड्स भेटेरान कुपोन्डोललाई १(० ले हरायो । उसको जितमा प्रोबिर कुमारले गोल गरे । दोस्रो हाफको २९ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । कलकत्ताका गोलरक्षक सुरोजित म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा मंगलबार क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा बिहान ११ बजे बर्दघाट भेटेरान नवलपरासी र आयोजक चितवन भेटेरान निलो भिड्नेछन् । दोस्रो खेलमा दिउँसो १ बजे साविक विजेता फ्रीडम फाइटर ठमेल र कलकत्ता भेटेरान भारत तथा तेस्रो खेलमा दिउँसो २स्३० बजे एक्स महेन्द्र पुलिस क्लब र चाबहिल भेटेरान भिड्नेछन् । चौथो तथा अन्तिम खेल दिउँसो ४ बजे आयोजक चितवन भेटेरान रातो र थापा गाउँ सुधार समिति भेटेरानबीच हुनेछ ।
चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।

 


फागुन १, चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा आज भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । आज (सोमबार) सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज १९औँ दिनमा आइपुगेको छ ।
महायज्ञमा आज सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहेको भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुन् । उनले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न आज योगी पिताम्बर र आमन्त्रित कथावाचक बुद्धिसाग भण्डारी आएका महायज्ञका प्रमुख कथावाचक परशुराम पाण्डेयले जानकारी दिए । महायज्ञमा शनिबारदेखि शिव महापुराण आरम्भ भएको छ ।
श्रीमद्भागवत महापुराण समापन भइसकेको छ भने श्रीमद्देवी भागवत महापुराण हुन बाँकी छ । महायज्ञमा जम्मा तीन वटा पुराण वाचन हुने उनले बताए । महायज्ञ अन्तिम चरणतर्फ लाग्दै गर्दा भक्तजनको सहभागीता बढ्दै गएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ फागुन १२ गते सम्पन्न हुँदै छ ।

 

Subcategories