News

 

माघ २७, भरतपुर ।

भरतपुर महानगरपालिकाको १२ औँ नगर सभा पूरक बजेट र विभिन्न ऐनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ ।
शुक्रबार बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा भएको नगर सभाले महानगरको विकासका कामलाई तीब्रता दिदै आर्थिक गतिविधिलाई चलयमान बनाउने गरी भएका निर्णयहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
भरतपुर महानगरपालिकाले शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन) लाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
यस्तै मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन भएको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासको लागि पार्टीभन्दा माथि उठेर विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निश्पक्ष रुपमा काम गर्ने बताउनुभयो ।
मेयर दाहालले भरतपुरको समृद्धिको लागि कुनै पनि योजनालाई अगाडि बढाउन तयार रहेको प्रष्ट पार्नुभयो । भरतपुरमा भईरहेको सन्तुलित विकासलाई निरन्रता दिन अहोरात्रा खट्ने गरेको उहाँको भनाई थियो । भरतपुरलाई एउटा उचाईसम्म पुराएर यो अन्तिम कार्यकाल पुरा गर्ने उद्देश्यका साथ दीर्घकालिन महत्वका विकासका पूर्वाधारलाई प्राथामिकतामा परेको उहाँले बताउनुभयो । मेयर दाहालले करको दर नभई करको दायारा फराकिलो बनाई भरतपुरको अन्तरिक आम्दानीलाई बलियो बनाउन सबै जनप्रतिनिधिहरुले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

माघ २७, भरतपुर ।
भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उहाँले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताउनुभयो । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।
थप २४ वटा नयाँ कार्यक्रम तथा शिर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ ।
यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब
८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ ।
पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले १ अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । “स्रोत सुनिश्चत गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौँ”, उपमेयर अधिकारीले भन्नुभयो, “समुन्नत र सुदृद्ध महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।” महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुग्नेछ ।


भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उहाँले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताउनुभयो ।
उहाँका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । ४ सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ ।
मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको जानकारी दिनुभयो । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भैरहेको बताउनुभयो ।
मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताउनुभयो । नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिनुभयो । पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताउनुभयो । यस्तै वाइपास सडक ४ लेनमा विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधिन रहेको जानकारी दिनुभयो । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताउनुभयो ।भरतपुर महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो ।
मेयर दाहालले आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने बताउनुभयो । महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । महानगर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको जानकारी दिनुभयो ।


Subcategories