News

माघ २२, चितवन ।

माघ २२ गते । प्रेस चौतारी नेपाल चितवन शाखाले २५ औं स्थापना दिवस आईतवार मनाएको छ । पुरस्कार वितरण,स्वास्थ्य शिविरसहित विविध कार्यक्रम गरि चौतारी चितवन शाखाले स्थापना दिवस मनाएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईएको थियो । सो अवसरमा शारदा,तीलचन्द्र भट्टराई पत्रकारीता पुरस्कारबाट नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि स्वास्थ्य मन्त्री गिरी र प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले छिमेकीलाई नगद,सम्मान पत्र र दोसल्ला ओढाई पुरस्कृत गरेका थिए । पुरस्कृत छिमेकीले पुरस्कारबाट प्राप्त २० हजार रुपैयाँ प्रेस चौतारीलाईनै हस्तान्तरण गरे । प्रेस चौतारी चितवनले आफ्नो भवन निर्माण गर्न लागेको भन्दै सोही प्रयोजनका लागि उक्त रकम प्रदान गरेका हुन् । चौतारीको आफ्नै जग्गा भरतपुर ११ मा रहेको छ सोही स्थानमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । पोल्ट्री विज्ञ डाक्टर तीलचन्द्र भट्टराईको सहयोगमा शारदा तीलचन्द्र भट्टराई पत्रकारीता पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आएको छ । सो अवसरमा संविधान सभा सदस्य कृष्णभक्त पोखरेल,पोल्ट्री विज्ञ डाक्टर तीलचन्द्र भट्टराई, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,प्रेश चौतारी केन्द्रिय सदस्य एवंम् जिल्ला इन्चार्ज प्रतिमा सिलवाल,नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी,प्रेस सेन्टरका केन्द्रिय सदस्य एवं शाखा उपाध्यक्ष प्रकाश ज्ञवाली,प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य तथा सचिव धु्रवराज खनालले कार्यक्रम संचालन गरेका थिए । स्थापना दिवसकै अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा करिव एक सय जना पत्रकारले स्वास्थ्य परिक्षण गराएका थिए । त्यस्तै पत्रकारबीच घैटो फुटाई तथा म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

माघ २२, काठमाण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको लामिछानेले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी थिए । पत्रकार सम्मेलनमा लामिछानेले आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाएको र त्यसको कुनै दुरुपयोग नगरिएको बताउनुभयो । आफुले कानून बिपरित कुनै काम गरेको भए हदैसम्मको सजाय भोग्न तयार रहेको उहाले बताउनुभयो । लामिछानले गृह मन्त्रालय शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय भएकाले पार्टीले पाउनुपर्छ भनेको तर प्रधानमन्त्रीले अस्वीकार गरेको धारणा राख्नुभयो । उहाले आफुमाथि केहि सञ्चारमाध्यमले सुनियोजित प्रहार रहेको आरोप लगाउनुभयो ।
वर्तमान सरकार गठन भएका बेला पुष ११ गते लामिछानले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । तर नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाका कारण उहा पदमुक्त हुनुभएको हो ।

 

 

माघ २२, काठमाण्डौं । सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई अयोग्य ठहर गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उमेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगका निवेदन दिनुभएको छ । 

आइतबार निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने भन्दै निवेदन बुझाएको श्रेष्ठले बताउनुभयो । सर्वोच्चले उमेदवारको प्रक्रिया नै खारेज गरेपछि अब दोस्रो स्थानमा रहेको व्यक्ति स्वतः विजयी हुनुपर्ने उहाको भनाइ छ । उहाले रवि लामिछानेको उम्मेदवारी देखि सम्पूर्ण प्रक्रिया नै अवैंधानिक भएकाले आफुलाई निर्वाचित गर्नुपर्ने जिकिर गर्नुभयो । आफ्ना पक्षमा आयोगले आवश्यक निर्णय नगरे अदालत जाने उहाले बताउनुभयो । 

यता निर्वाचन आयोगले भने रिक्त चितवन नंवर २ मा उपनिर्वाचन हुने जनाएको छ ।

 

Subcategories