News

 

माघ १७, चितवन ।चौधरी मोटर्स खैरहनी चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्‍मृति खुला नक आउट फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज ९मंगलबार० सम्पन्न दोस्रो सेमिफाइनलमा शान्तिको किचन सौराहालाई पाखा लगाउदै खैरहनीले फाइनलमा स्थान बनाएको हो । खेलमा खैरहनीले ३(१ को पुनरागमन जित हात पार्‍यो।

खेलमा सुरुवाती अग्रता भने शान्तिको किचनले लिएको थियो । ११ औं मिनेटमा गोल गरेको शान्तिको किचनले अग्रता जोगाउन सकेन । सुरुवातमा एक गोलले पछि परेको खैरहनीले २४ औं मिनेटमा बराबरी गोल फर्कायो ।

४८ औं मिनेटमा गोल गर्दै खैरहनीले अग्रता लियो । ५१ औं मिनेटमा तेस्रो गोल गर्दै खैरहनीले ३(१ को जित सुनिश्चित गर्‍यो । खैरहनीका सन्देश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

खैरहनीले अब उपाधिका लागि कमरेड निमाको सामना गर्नेछ । सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर ८ गौरीगन्जलाई हराउँदै कमरेड निमा फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल १९ गते हुनेछ। प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।

((
च्व् क्गकजष् िएबलत
च्भउयचतभच बत ब्द्दशकबmबअजबच।अयm, एचयनचबm एचभकभलतभच बत क्थलभचनथ mँ ढज्ञ।ट, ःझदभच या ल्क्व्ँ ऋजष्तधबल।

 

माघ १६, काठमाण्डौं ।
निर्वाचन आयोगले फागुन २५ बिहीबार राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको छ । रोल...........

दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा १० बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ भने फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने प्रवक्ता पौडेलले बताउनुभयो । त्यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको उहाले बताउनुभयो । बाइट........

दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ । २०७४ साल फागुन २९ मा भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुँदैछ भने २०७४ साल चैत ४ गते निर्विरोध निर्वाचित हुनुभएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुँदैछ ।

माघ १६, चितवन । कमरेड निमा चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्‍मृति खुला नक आउट फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज (सोमबार) सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर ८ गौरीगन्जलाई पाखा लगाउदै कमरेड निमा उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा कमरेड निमा १-० ले विजयी भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कमरेड निमाले गोल गर्‍यो । दोस्रो हाफको ३४ औं मिनेटमा भीष्म घिमिरेले फ्री किकमा गोल गरे । उक्त गोल नै निर्णायक बन्यो । कमरेड निमाका प्रदीप भण्डारी म्यान अफ दि म्याच चुनिए ।

कमरेड निमाले अब उपाधिका लागि मंगलबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । मंगलबार दोस्रो सेमिफाइनलमा शान्तिको किचन सौराहा र चौधरी मोटर्स खैरहनी भिड्नेछन् ।

१९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।

Subcategories