News

 

प्रेम क्षेत्री

माघ २२, गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ ।

श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो । यही माघ २३ गते भोली देखीफागुन १ गतेसम्म हुने ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिनुभयो । महायज्ञको शहरी विकास मन्त्री बिक्रम पाण्डेले उद्घाटन गर्ने उहाँले बताउनुभयो ।

बिहान ९ बजेदेखी कलश शोभा यात्रा र १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको महायज्ञका सह–संयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो ।

योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा समावेशी २४ जना बटुकहरुलाई अध्ययन गराईदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो ।

करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको कोटीहोममा आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको मन्दिरका अध्यक्ष मनहरी कंडेलले बताउनुभयो । महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको महासचिव नरहरि सापकोटाले बताउनुभयो ।

आश्रमको सङ्कल्प पूरा गर्नका लागि सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कँडेलले आग्रह गर्नुभयो ।

यहाँ करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रीत छन् । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ । कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने रासनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका बटुक रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।

यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहँदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देव–देवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञको आयोजना गरी वैदिक सनातन धर्म, संस्कार र संस्कृतिप्रति समाजमा सचेतना जगाउने किसिमले भागवत ज्ञानको प्रवाह गर्ने उद्देश्य राखेको छ । त्यस्तै पूर्वाधारविहिनमा सञ्चालन हुँदै आएको समावेसी गुरू संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्दै सञ्चालनमा ल्याउने रहेको छ । त्यसैगरी आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने, गौ संरक्षण हेतु आधुनिक गौशालाको व्यवस्थापन गर्ने, गुरु गोरखनाथको मन्दिर भवन निर्माण गर्ने रहेको छ । सम्भव भएसम्म गुरुयोजनाका अन्य संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन योग साधना केन्द्र आदिको निर्माण गर्दै जाने उदेश्य राखेको छ ।

 

माघ २०, चितवन ।
चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो । शुक्रवार सौराहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘प्रणय दिवस’ को अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म सडकमा फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिए । हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने उनले बताए । ३ दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानिय, स्वदेशी तथा विदेशी खाना, स्थानिय कला संस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, उज्यालो सौराहालाई निरन्तरता, शैक्षिक विपन्न कोष मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग, वातावरण प्रदुषणमा सहयोग पुग्ने गरी प्लाष्टिक जन्य पदार्थहरुको न्युनिकरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए । चितवनमा रहेका विभिन्न जातजाती, आमा समुह, भजन समुह लगाएत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, सौराहा ड्याक सम्म हरेक दिन बेलुकी विभिन्न जातजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शन गरिने गिरीले बताए । फेस्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायीले विश्वास लिएका छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । यही माघ २९ देखि फागुन १ गते साँझ ५ बजे देखि राति १० बजे सम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजे देखि राति ११ बजे सम्म कार्यक्रम हुनेछ ।

नेपालमा आउने कुल पर्यटकमध्ये २२ प्रतिशत सौराहा आउने गरेका छन् । सौराहामा पर्यटकहरु जंगल सफारी, हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर गर्नको लागि आउने गर्दछन् ।

माघ २०, चितवन ।
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘जे बोल्छौ, त्यो गर्छौ’ भन्ने कुरा भरतपुरमा स्थापित भइसकेको बताउनु भएको छ ।
भरतपुर–६ पारस नगरमा रहेको सहिद स्मृति माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासमा गरेका प्रतिवद्धता अनुसार कामहरु सम्पन्न हुँदै गएको उल्लेख गर्नुभयो ।
मेयर दाहालले विगत ५ वर्षमा जनतासँग गरेका बाचा अनुसार भरतपुरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतको काम अगाडि बढेर धेरै सम्पन्न भईसेकेका छन् भने बाँकी सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो ।
मेयर दाहालले विगत ५ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार जना विद्यार्थी थप भएको भन्दै सामुदायिक विद्यालयलाई आर्कषणको केन्द्र बनाउन सफल भएको जिकिर गर्नुभयो ।
उहाँले मध्यामिक तहसम्म स्थानीय तहको दायित्व भएकाले यसको चौतर्फी विकासमा महानगरपालिका सधैव अग्रसर रहेको बताउनुभयो ।
सहिद स्मृति मध्यामिक विद्यालयको बारेमा बोल्दै मेयर दाहालले जिल्लामा चौथो र भरतपुरमा तेस्रो स्थान हासिल हुनु विद्यालयको शैक्षिक गुणस्तर पूर्ण रुपमा उकृष्ट छ भन्ने प्रमाण पेश गरेको पनि बताउनुभयो ।
कक्षा नर्सरीदेखि १२ सम्म अंग्रजी माध्यमा अध्यापन हुने सहिद स्मृति विद्यालय पारस नगरमा विद्यार्थीको आर्कषण राम्रो देखिएको छ । विद्यालयलाई थप पूर्वाधारहरु पनि आवश्यक परेको विद्यालयको भनाई छ ।
यसैबीच भतरपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको महानगरको आर्थिक सहयोगमा नवनिर्मित ४ कोठे भवन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसद कोषबाट र्निमित कम्पाउण्डसहितको गेटको उद्घाटन गर्नुभयो ।
मेयर दाहालले विद्यालयको थप भवन निर्माण गर्न आर्थिक सहयोग हुने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुराउने व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

Subcategories