साउन २२, चितवन । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ।
साउन २२ गते दिउँसो करिब १३ः५० बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।