साउन २२, चितवन ।
कोमल चन्द्र भगत / पवित्रा ढकाल ।
चितवनको भरतपुर ११ मा रहेको पवित्र तिर्थस्थल गणेशधाममा त्रि दिवसीय गणेश उत्सवको आयोजना गरिने भएको छ । गणेशधाम संरक्षण समितिकाको आयोजना हुने यो उत्सव नेपालमा नै पहिलो पटक गर्न लागिएको हो । गणेश भगवानको विशेष पुजा आराधना गर्ने उद्देश्यले आगामी भदौको २९,३० र ३१ गते त्रिदिवसीयग णेश उत्सवको आयोजना गर्न लागिएको शुक्रबार गणेशधाम परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । भदौको २९ गते देखि ३१ गते सञ्चालन हुने यस उत्सवमा स्थापित गणपतिको पूजा अर्चना, साथमा शास्त्रीय विधि पूर्वक गणेशको मूर्तिको स्थापना गरी विशेष पूजा आरती सहित गणेश महिमा श्रवण एवम् भक्तिसंकीर्तन गरिने छ । उत्सवको अघिल्लो दिन २८ गते पुर्वाङ्ग कर्म तथा जलयात्रा गरिने आयोजकले जानकारी दिएको छ । भदौ २९ गते मूर्तिको स्थापना गरी पूजाअर्चनाका साथ गणेश महिमागान गरिनेछ । उत्सवको दोस्रो दिन ३० गते दुबो, लड्डु, समिपत्र लगायतका गणेश भगवानका प्रिय वस्तु द्वारा उत्सवको विशेष पुजागरिने छ भने तेस्रोदिन ३१ गते समापनपूजा,पूर्णहुति,अभिषेक र प्रसाद वितरणसहित सन्धयाकालमा बाजागाजा सहित गणेश उत्सव मूर्तिलाई नगरपरिक्रमा गरी नारायणीनदीमा विसर्जन गरी उत्सवको समापन गरिने छ ।

उत्सवका तीनै दिन विज्ञ आचार्य बाट गणेश महिमाको प्रवचन, भजनकीर्तन र भव्यआरतीका कर्महरु सञ्चालन हुनेछन् । विशेष महत्वका साथ पहिलो पटक आयोजना गरिएको यस उत्सवलाई सफल बनाउन गणेशधाम संरक्षण समितिका संस्थापक अध्यक्ष दिनेश कुमार चुकेको संयोजकत्वमा मुलआयोजक समिति र विभित्र ११ वटा उपसमिति निर्माण गरी कार्य अगाडि बढाइएको छ । नेपालको धार्मिक क्षेत्रकै अगुवा गलेश्वर आश्रम देवघाटका पीठाधीश अत्रत श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मात्रदगिरी, हरिहर संन्यास आश्रम देवघाटका पीठाधीशएवं नेपाल सन्त समाजका अध्यक्ष अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश अनन्तश्री विभूषित स्वामी रमणान्दगिरीको प्रमुख संरक्षकत्वमा उत्सवको सञ्चालन गरिने छ । त्यस्तै ै प्रसिद्घ कथा व्यास माधुर्य कथा वाचक बालकृष्ण अर्यालले गणेश महिमा कथा वाचन गर्ने छन् । यस गणेश उत्सवमा यस क्षेत्रका विभित्र धार्मिक एवम् सामाजिक संघ–संस्था, टोल विकास समिति, आमा समुह, सत्सङ्ग परिवार र श्रद्घालु भक्तजनहरुलाई उल्लेख्य सहभागिता का लागि आयोजक समितिले आमन्त्रण समेत गरेको छ ।




