News


कार्तिक २०, चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा  वृक्षारोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार वृक्षारोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  वृक्षारोपण गरेर उद्घाटन गर्नुभयो । यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गर्नुभयो । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रर्वद्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।भरतपुरमा ६५० किमी सडक कालोपत्रे भईसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथामिकतामा राखेको छ । वृक्षरोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षारोपणलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले टोल विकास संस्था र सामाजिक संघ संस्थालाई वृक्षारोपणमा सहयोग गर्न अपिल गर्नुभयो । सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताउनुभयो । कार्यक्रममा भरतपुर वडा नम्बर १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा  वृक्षारोपण तथा सरसफाई गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउनुभयो । भरतपुर १८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गर्नुभयो । लक्ष्मी सनराईज बैकको सामाजिक उत्तरदायित्व अन्र्तगत विरुवा तथा रिङ उपलब्ध गराएको थियो । भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत सरसफाई तथा  वृक्षारोपण कार्यक्रम गर्दै आईरहेको थियो । महानगरले झण्डै ५ करोड रुपैयाँ हरियाली प्रर्वद्धनका लागि बजेट विनियोजन गरेको छ ।

१८ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

१८ कात्तिक, काठमाडौं । भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा बालबालिकाहरु धेरै छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक गरेको विवरण अनुसार आठबिसकोट नगरपालिका १२ साबार्को बस्ने १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ११ गैरीकी ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ । यसैगरी पूर्वी रुकुम घर भई हाल आठबिसकोट नगरपालिका १४ बस्ने कृष्ण जैसीको घरका भाडामा बस्ने पुन निर्माण कम्पनीका गाडी चालक ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको छ । यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका २ परियार टोल बस्ने महाबिर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरकी ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निामा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ । यसैगरी सानीभेरी गाउँपालिका ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ । सानीभेरी गाउँपालिकामा २८ र आठबिसकोटमा २५ जना घाइते भएका छन् ।

हेर्नुहोस् नामावली–

 

Subcategories