News

 

भदौ २३, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताउनुभएको छ । भरतपुर(६ मा रहेको दक्षिणकाली पर्यटन सहकारीको पहिलो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख दाहालले सकेसम्म सधैका लागि नभए भ्रमण वर्षलाई दरबार खुला गरिने उल्लेख गर्नुभयो । भरतपुर १ मा पर्ने दियालो बङ्गला दरबार नेपाल ट्रष्टको संरक्षण गर्दै आइरहेको छ । अहिले सर्वसाधरणले अवलोकन गर्न पाइदैन। प्रमुख दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्रचार गरिएको जानकारी दिनुभयो । यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी संग्रालय ढाँचामा अवलोकनको व्यवस्थापन मिलाईने उहाँको भनाई छ । यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गर्नुभएको छ, यो भरतपुर आउने पर्यटकको रोजाईको केन्द्र बन्न सक्ने बताउनुभयो । यो दरबारमा राजा महेन्द्र चितवन आउने क्रममा बस्ने गरेको पाईन्छ भने राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो । भरतपुरमा चौकी डाँडादेखि गोलाघाटसम्म मूख्य ७ र भरतपुरभर ३२ बढी पर्यटकीय गन्त्वय रहेकाले यहाँको शिक्षा, स्वास्थ्य, कृषिमाफ्त पर्यटन पनि भित्र्याउन सकिने उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्षलाई सफल बनाउन भरतपुरवासीको भूमिका महत्वपूर्ण रहने यहाँको भनाई थियो । भ्रमण वर्षको तयारी अहिले धमाधम चलिरहेकाले पर्यटन पूर्वाधार पनि निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर ६ मा रहेको वन्यजन्तु आरक्षण केन्द्रलाई ओपन जु निर्माण गर्न ठेक्का सम्झौता भईसकेको समेत जानकारी दिनुभयो। कार्यक्रममा पर्यटन सहकारीलाई योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मान पनि गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

(((((

गुञ्जनगर, १७ भाद्र । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निशुल्क उद्घोषण तालिम आइतबार बाट गुञ्जनगरमा सुरु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाअध्यक्ष बाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिँठो नि बिक्छ नबोल्नेको चामाल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाअध्यक्ष रानाले आग्रह गर्नुभयो । अझै
उपयोगी र सिर्जनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कुनै पनि कार्यक्रम संचालन गर्न तथा भाषण गर्न र खुलेर
आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कंडेलले बताउनुभयो । क्षमता बिकास गर्ने हाम्रो प्रमुख उदेश्य भएको र उदेश्य पक्कै पूरा हुने भन्दै सबैलाई तालिमबाट सक्दो लाभ उठाउन समेत कंडेलले आग्रह गर्नु भयो । कार्यक्रममा मुस्कान लाइफ समुहका अध्यक्ष घनश्याम ढकाल, न्यायिक समिति सदस्य सुर्य ढकाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । चितवन आवाजका सञ्चालक विनोद अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सुस्मिता न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको भने चितवन आवाजकी संवददाता निशा थापा मगरले सहजिकरण गर्नुभएको थियो । तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले बताएको छ । भाद्र १७ गते देखी १९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिनमा संजय देवकोटाले प्रशिक्षण दिनुभएको
थियो ।

 

भदौ १७, भरतपुर । अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले आजको बचत भोलिको ज्युने आधार भएको वताउँदै बचत गर्ने बानिको विकास गर्न सहकारीको सहकारीको भूमिका महत्वपुर्ण रहेको वताउनु भयो ।

प्रमुख अतिथी खड्काले सहकारीले कुल पुँजीको ७० देखि ८० प्रतिसत भन्दा वढि रकम लगानी गर्न नहुने वताउँदै सहकारीहरु नीति, विधि र पद्धतीमा चल्नुपर्नेमा जोड दिनु भयो । सहकारीको वर्गीकरण गर्नु आवश्यक रहेको वताउँदै उहाँले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने वताउनु भयो ।

कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लि.का सचिव तुलसि घिमिरे, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुदिप रेग्मी, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, २ का वडाध्यक्ष मनोज रानाभाट, चेम्वर बहुउद्देश्यी सहकारी संस्था लि.का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण भण्डारी, सहकारीका सस्थापक अध्यक्ष भिमलाल न्यूरे, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानु प्रसाद न्यौपानेलगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सहकारीका सचिव सुनिल देवकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष एवं साधारणसभा आयोजक समितिको संयोजक पदमलाल न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा निर कुमार श्रेष्ठलाई जेष्ठ शेयर सदस्य सम्मान, चन्द्रमाँया श्रेष्ठ र दामोदर चपाईलाई एकाघरका जेष्ठ सदस्य सम्मान, जेनिस अधिकारीलाई स्नातकोत्तर उत्र्तीण सम्मान, डेलिसा थापामगरलाई उत्कृष्ठ बाल बचत सम्मान, अविनास श्रेष्ठलाई उत्कृष्ठ कार्यक्रम संयोजन सम्मान, बन्धु महतोलाई उत्कृष्ठ सक्रिय शेयर सदस्य सम्मान, भिमलाल न्यूरे, मनोज खनाल र निरज श्रेष्ठलाई उत्कृष्ठ बचतकर्ता सम्मान, मोहन केसी, अमिरेस मिया र कुलराज अधिकारीलाई असल उद्यमी कर्जा सदुपयोग सम्मान प्रदान गरिएको थियो । यसैगरी सोहि अवसरमा सहकारीका व्यवस्थापक मुक्तीनाथ घिमिरे, कर्मचारीहरु विपिन देवकोटा, इन्द्र बहादुर गुरुङ र देवेन्द्र श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी सम्मानद्धारा सम्मानित गरिएको थियो । कार्यक्रम संस्थाका सचिव सुनिल देवकोटाले संचालन गर्नु भएको थियो ।

Subcategories