News

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित स्मृति कार्यक्रममा प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको भन्दै कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको हो । उहाले सरकार आफ्ना लागि ठूलो कुरा नभएको र ठूलो कुरा सुशासन भएको जिकिर गर्नुभयो । सुशासन कायम गर्ने आफ्नो लक्ष्यमा कुनै आशंका नगर्न उहाले आग्रह गर्नुभयो । माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन माजवादी मोर्चा बनाउन लागिएको जानकारी दिनुभयो । अहिले बिभिन्न आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको र लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएको भन्दै प्रचण्डले यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेको जिकिर गर्नुभयो । 

उहाले डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको बताउनुभयो । कार्यक्रममा प्रचण्ड लगाएत माओवादी नेताहरुले डिआर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


जेठ ३०, भतरपुर। भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुराउने अभियान तीब्र पारिएको छ ।
जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुराउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो। महानगरमा २९ वटा वडा रहेपनि ४ वटा वडामा मात्रै ठुलो अस्पताल मेडिकल कलेज रहेका छन् । निर्वाचन अभियानको क्रममा गाँउ टोलमै सजह स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार स्वास्थ्य केन्द्रहरु स्थापना गरी सेवा दिदै आएको छ ।
महानगरभित्रको विपन्न समुदाय लक्ष्ति वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिदै भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पुराईने प्रमुख दाहालले बताउनुभयो ।
सोही अभियान अन्र्तगत मंगलबार महानगरपालिकाको वडा नम्बर २४ मा धुब्र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।
यो सँगै भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न सदारमुकाम तथा अन्य वडा जाने समस्या हटेको छ ।
यसअघि यहाँका स्थानीयहरु छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने आवस्था थियो । यस अस्पताललाई थप स्तरोन्ति गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिइएको छ ।
महानगरपालिका प्रमुख दाहालले संघीयताको मर्मानुसार जनताको घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले भरतपुर २४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाई, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेशन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गर्नुभयो ।
भरतपुर २४ का रहेका भूमिहिन सुकुम्बासीलाई एक महिनाभित्रे लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । लालपुर्जा वितरण गर्ने काम तीब्र रुपमा अगाडि बढाईएको उहाँको भनाई छ ।
यसै बीच भरतपुर २४ कै छेथरलिङ वौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जेठ २८, भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्धामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताउनुभएको हो । युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभई पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताउनुभयो । उहाले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गर्नुभयो ।

शाहीले बोलेलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीले निरन्तर प्रधानमन्त्रीलाई गैर राजनीतिक तरिकाले लखेटिरहेको र हुर्मत लिने काम भएको भन्दै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

 

सभामुख देवराज घिमिरेले सांसदहरुले राखेका बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बोलाइएको छ । उक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

Subcategories