News


पुष २९, चितवन । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरेको खिचरा महोत्सवको उनले एक भब्य समारोहकी बीच उद्घाटन गरेका हुन् । सो अबसरमा उनले थारु संस्कृति पर्यटन विकासको आधार रहेको बताए । थारु संस्कृति मार्फत पर्यटन विकास गर्ने थुप्रै आधारहरु रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा निर्माण गरिएको थारु संस्कृति संग्रहालय सञ्चालनको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा अलपत्र परेको चित्स्यान केन्द्र सञ्चालनको लागि पहल गर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुदेव चौधरीले थारु संस्कृति संरक्षणको लागि तीनै तहका सरकार सकरात्मक हुनुपर्ने बताए । थारु संस्कृतिलाई पर्यटनसंग जोडेर आर्थिक उपार्जनको मध्यम बनाउन सकिने भन्दै उनले यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । उनले थारु समुदायको राजनीतिक अधिकार स्थापित हुन नसकेको भन्दै उनले मुलुकका प्रमुख राजनीति दल थारु समुदायप्रति उदारबादी हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले थारु संस्कृति जोगाउन हरेक बर्ष खिचरा महोत्सव आयोजना गर्दै आएका बताए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको उनले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक र आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले बताए । थारु कल्याणकारिण सभा केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलबाल, प्रदेश सभा सांसदहरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, माया श्रेष्ठ, खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेती, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी, खैरहनी वडा नं ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाली काँग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, एमालेका नगर अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनाल लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक चौधरीको अध्यक्षतामा भएको थियो । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । महोत्सव सुरु हुनुपूर्व खैरहनीमा भब्य शोभायात्रा निकालिएको थियो ।



चितवन, पुष २८ –
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ ।

महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ । त्यसैगरी ३ बजेपछि शान्तिश्री परियारको प्रस्तुती रहने छ ।

दिउँसो ११ः३० बजेपछि द ऐराजको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती समेत रहने ओलीले जानकारी दिए ।

यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, किराँत याकथुङ चुम्लुङ चितवन, स्थानीय गायकहरु, रोयल डान्स एकेडमी नारायणगढ, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, तमु ह्युल छाेंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ  ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

धुलोरहित बनेको यसपालीको चितवन महोत्सवमा उल्लासय सहभागिता देख्न सकिन्छ ।  


चितवन पुस २८ । तस्विर : अंकित भगत । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रु १४ करोड २८ लाख ल्याइएको हो ।
उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो ।
बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो ।
चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उहाँले बताउनुभयो ।
महानगरले आर्थिक वर्ष २०८१र०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो ।


नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रकृया सुरु भएको बताउनुभो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको बताउनुभयो । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्युनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको उल्लेख गर्नुभयो ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले दुध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो । विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिंचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिंचाई आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको जानकारी दिनुभयो । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको बताउनुभयो ।


भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका बताउनुभयो ।
महानगरको फोहर व्यवस्थापनका लागि भ्याट बाहेक रू ७ करोड ६१ लाखमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको बताउनुभयो ।
अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४हजार ९सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उहाँको भनाई थियो ।

Subcategories