News

 

असार १०, चितवन । नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ जात्रा महोत्सव आयोजना हुने भएको छ। मायाको पहिचान नेपाल र डाकिनी हस्पिटालिटीले असार १५ गते ९जुन २९, २०२४० इन्द्रेणी रोपाई जात्रा महोत्सव गर्न लागेका हुन्।
मायाको पहिचान नेपालले महोत्सवको तयारी पुरा भएको जनाएको छ। असार १५ गते बौद्धमा बेलुकी ५ बजेदेखि रोपाई जात्रा महोत्सव सुरु हुनेछ। रोपाई जात्रा नेपालको धान रोप्ने मौसमको एक जीवन्त उत्सव हो।
मायाको पहिचान नेपालले वार्षिक क्यालेन्डरमा असार १५ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा महोत्सव आयोजना गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ।
यो पर्वले नेपाली जनताको लचिलोपन, आशा र सांस्कृतिक विविधतालाई मूर्त रूप दिँदै कृषिसँग उनीहरूको गहिरो सम्बन्धलाई उजागर गर्दछ। नेपालको अर्थतन्त्र र संस्कृतिका लागि कृषि, विशेष गरी धान खेती महत्त्वपूर्ण छ। रोपाइँ जात्राले मनसुन सिजनको सुरुवात र धान रोप्ने अवधिलाई जनाउँछ।
असार १५ लाई धान दिवस ९राष्ट्रिय धान दिवस० को रूपमा पनि चिनिन्छ। यो पर्वमा परम्परागत नाचगान र रमाइलो गरिन्छ। किसानहरू सङ्गठित भएर धान रोप्छन्। असारे गीत गाउने गर्छन्। पुरुषहरू प्रायः महिलाको पहिरनमा प्रस्तुत हुन्छन् र हल्का जिस्कने, जिस्क्याउने कार्यहरू गरेर रोपाई जात्रा मनाउँछन्।
पहिला देखि पुरुषहरूले महिलाको भेष गर्ने भएकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग जोडिएको पर्व हो। यो समुदायका व्यक्तिहरूलाई परापुर्वकालमा विशेष प्रतिष्ठित पेसाहरूमा सहभागी गराइने चलन रहेको पाइन्छ। जस्तै धामीझाक्री हुने, पन्डापुजारी, नृत्य सङ्गीत सिकाउने गुरु लगायतका पेसाहरू गर्दथे। कृषि क्षेत्रमा पनि कृषि सम्बन्धी जानकारीहरू आमसमुदायलाई सिकाउने भाग यही समुदायले बोकेको देखिन्छ। त्यसकारण धान रोप्ने ऋतुको पहिलो धान रोप्न सिकाउने कार्यक्रमलाई पर्वको रूपमा मनाउने गरिएको हुनुपर्छ। जसमा पुरुषहरूले महिलाको भेष लगाएर रोपाई जात्रा गर्छन्।
रोपाई जात्रा भनेर चिनिने मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमका क्षेत्रमा खेत मालिकलाई हिलो धानखेतमा डुबाउने र डरलाग्दो बन्ने, जसको वरिपरि नवविवाहित र नवजात शिशुहरूले संरक्षण र समृद्धिको लागि अनुष्ठान गर्ने परम्पराहरू समावेश छन्।
अर्को महत्त्वपूर्ण परम्परा दही चिउरा खाने दिन पनि हो असार १५। जहाँ सहभागीहरूले दही र चिनीसँग चिउराको पौष्टिक मिश्रण खान्छन्, जसले किसानहरूको कडा परिश्रमको लागि आवश्यक ऊर्जा प्रदान गर्दछ।
रोपाइँ जात्रा पर्व खेतीपाती, वर्षा, जीवन, समुदाय, लैङ्गिक विविधता, खाना र परम्पराको उत्सव हो। जसले मानव र प्रकृतिबीचको सद्भावलाई जोड दिन्छ। यसले नेपाली संस्कृतिमा कृषिको महत्वलाई जोड दिन्छ। एकता र आनन्दलाई बढवा दिन्छ जब समुदायहरू आफ्नो सम्पदा मनाउन एकजुट हुन्छन् र प्रशस्त भविष्यको आशा गर्दछन्।
मायाको पहिचान नेपालले स्थानीय संस्कृति, परम्परा र समावेशीकरणलाई झल्काउने र प्रवर्द्धन गर्ने प्रामाणिक ढङ्गले वर्षभरि यस्तै स्थानीय चाडपर्वहरू मनाउने र कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ। यस्ता महोत्सवले नेपालको पर्यटन प्रवर्द्धन गर्ने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले बताए। पन्त नेपालमा इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत समेत हुन।


असार १०, चितवन । तस्विर: कोमल चन्द्र भगत / अंकित भगत । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौँ अधिवेशनमामहानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।
वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न रु ६ करोड विनियोजन गरिएको प्रमुख दाहालले बताउनुभयो ।
दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर रु ३ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ।

तस्विर: कोमल चन्द्र भगत / अंकित भगत ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ तथा खाद्यान्न उत्पादनको हबको रूपमा विकास गरिने छ, उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गरिने छ।’
यस्तै रैथानै बालीको प्रवर्धन, प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन, आई. पि. एम. कृषक पाठशालालाई निरन्तरता, रासायनिक मलको न्यायोचित वितरण तथा नियमन, कृषि सूचना प्रणालीको विकास गरिने छ। कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषिको तथ्यांकलाई सुदृढीकरण, किसानका क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयसंग कृषि तथा पशुपालनको क्षेत्रमा प्रविधि विकास तथा विस्तार र विज्ञ सेवाको लागि सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ।
“भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा महानगरपालिकामा रहेका उत्कृष्ट कृषि फर्महरूलाई अध्ययन अवलोकन र नमुनाका रूपमा विकास गरी कृषि पर्यटन (एग्रो टुरिज्म) लाई प्रवर्धन गर्न कृषक समूह तथा सहकारीहरूलाई प्रोत्साहन गरिने प्रमुख दाहालले बताउनुभयो ।
“स्वस्थ आहार, स्वस्थ व्यवहार” अनुरूप आफैले आफ्ना लागि तरकारी उत्पादन तथा हरियाली प्रवर्धनका लागि सहरी क्षेत्रमा कौशी र करेसाबारीमा तरकारी, फलफूल तथा फूल खेती प्रवर्धन गर्न प्रोत्साहन गरिने छ ।
“खेतखेतमा कृषि प्राविधिक, गोठ गोठमा पशु प्राविधिक” नीतिलाई कार्यन्वयनमा लगिने छ।
भरतपुर महानगरपालिका र विश्वविद्यालय तथा अन्य शिक्षण संस्थाहरूसंग सहकार्यको माध्यमवाट प्रविधि विकास, प्रसार तथा अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।



भरतपुरको नीति तथा कार्यक्रम ः महानगरले आफ्नै नर्सरी स्थापना गर्ने
चितवन । भरतपुर महानगरपालिकाले हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्ने भएको छ । पन्ध्रौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले हरियाली महानगरपालिका कार्यक्रमका लागि आफ्नै नर्सरी स्थापना गर्न लागिएको बताउनुभयो ।
“भरतपुर महानगरः हरियाली तथा स्वच्छ शहर” अवधारणालाई सार्थक बनाउन हरियाली प्रवर्धनका कार्यक्रमलाई तीव्रता दिइने प्रमुख दाहालले बताउनुभयो । बाइपास रोड र पुल्चोक गोन्द्राङ ६ लेन सडकलाई हरित नमूना सडकको रूपमा विकास गरिने आज प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
“एक घर, दुई रूखको नीति” लाई घर निर्माण सम्पन्न प्रक्रियामै अनिवार्य समावेश गरी प्रभावकारी कार्यान्वयन गरिने छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई मागको आधारमा निःशुल्क रूपमा विरूवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने बताउनुभयो । निजी क्षेत्र र सामाजिक संघसंस्थासँगको साझेदारीमा सडक तथा नदी किनार र सार्वजनिक जग्गामा वृक्षारोपण गर्न एवम् विरुवा हुर्काउने अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । फोहोर व्यवस्थापन, हरियाली प्रवर्धन एवम् सौन्दर्यकरण गर्न सामाजिक संघ संस्था÷टोल विकास संस्था÷वडाहरूलाई प्रतिस्पर्धी बनाउने नीति लिदै सूचकमा आधारित वातावरणमैत्री घर, टोल, वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति महानगरले लिएको छ ।


भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड
भरतपुर, असार १० । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।
महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।
प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता÷ श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।
बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो ।जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने छ ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ ।


हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरिएको उहाँले बताउनुभयो । वडालाई न्यूनतम रु २ करोड ७४ लाख २८ हजार र अधिकतम रु २ करोड ९० लाख २ हजार गरी जम्मा वडास्तरीय आयोजनाहरुमा रु ८२ करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
यस्तै महानगरपालिकाका ठुला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं संघीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्नको लागि समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १२ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरभित्र सार्वजनिक शौचालयहरू निर्माण, फाउण्डेसन सहितको मेसजाली निर्माण, हरियालीसहितको नमूना सडक निर्माण, सिचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा, एक खुला व्यायमशालाको लगायतका शहरी सौन्दर्य र भूउपयोग तथा वस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वय गर्नको लागि रु १४ करोड विनियोजन गरिएको छ ।
दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी संग्रहालयका रूपमा सञ्चालनमा ल्याउनको लागि रु १ करोड बजेट विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो ।वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ६ करोड विनियोजन गरिएको छ।
यस्तै दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै महानगरले सहरी पूर्वाधार, भूउपयोग तथा वस्ती विकास र अधुरा योजनाहरुको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास,नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रर्वद्धन र युवा तथा खेलकद विकासलाई प्राथमिकतामा राखेको छ ।
––––
भरतपुरको नीति तथा कार्यक्रम: कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
चितवन। भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो ।
महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइने बताइएको छ ।
संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याईने प्रमुख दाहालले बताउनुभयो ।
संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिनेछ ।
खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्स परिचालन गरिनेछ।
महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण कार्यलाई निरन्तरता दिइनेछ। ।संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिनेछ। साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं २४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ।

मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजीक्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने छ ।
संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं १५ मा संघीय शिक्षक अस्पताल र वडा नं १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आ।व। २०८१÷८२ मा निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।
सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गरिनेछ ।
केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी स्र्टोम वाटर ड्रेनेज निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भरतपुरको नीति तथा कार्यक्रम: एक घर दुई रुख अनिवार्य
चितवन ।भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो। महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाईएको छ । यस्तै एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने छ । “हाम्रो सहर, हरियाली तथा स्वच्छ शहर” अवधारणालाई अगाडि बढाई सडक, मिडियन गार्डेन, सडक आइल्याण्ड, पार्क, मनोरन्जन स्थल र खाली स्थान एवं चोकहरूमा हरियाली वातावरण सृजना गरी मनमोहक र वातावरण मैत्री महानगर बनाउन एक परियोजनाको रुपमा हरियाली प्रवर्धन कार्यक्रमको थालनी गरिनेछ । गोन्द्राङ–पुल्चोक सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्धन गर्न ठुला हुर्किएका रुख रोपण र संरक्षण गरिनेछ।


“वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि सबै सँगसँगै” को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ ।
वातावरणीय सन्तुलन कायम गर्न टेवा पु¥याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
–––

 

 

 

असार , ६ चितवन ।  तस्वीर : कोमल चन्द्र भगत । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार ८२९ जनालाई सेवा दिएको छ । चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट यो सेवा प्रदान गरिएको हो । चिकित्सालयका प्रमुख डा.कोपिला अधिकारीका अनुसार बहिरंग चिकित्सा सेवा अन्तर्गत ३२ हजार ६७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार ८२९ जनालाई सेवा प्रदान गरिएको छ । यो संख्या चिकित्सालयमा आएका व्यक्तिको संख्या हो । उहाँका अनुसार एउटै व्यक्ति ६ पटकसम्म उपचारमा आएको तथ्यांक छ ।

चिकित्सालयले यसै अवधिमा ४ हजार १६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, ४ हजार ६४५ जनालाई जेष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपाई आमा तथा शिशु सेवा, ५ हजार २४० जनालाई नागरिक आरोग्य स्वाथ्स्य सेवा, ६ हजार २१० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा। अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ हजार ४७६ जनालाई अकुपञ्चर सेवा, ३ हजार ८९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा रहेको संस्थालाई हालै नाम परिवर्तन गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नामाकरण गरिएको हो । कार्यालयले आज सार्वजनिक सुनुवाई तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चिकित्सालयले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको छ ।

जिल्लामा १३ वटा सरकारी र २८ वटा गैरसरकारी आयुर्वेद संस्थाहरु रहेका छन् । ती मध्ये आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल ६ वटा, पोलिक्लिनिक एक र क्लिनिक २१ वटा रहेका छन् । चिकित्सालयको चितवनको सातै पालिका कार्य क्षेत्र रहेको छ ।

भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, डालेटार र मेघौली, माडी र राप्तीको वीरेन्द्रनगरमा आयुर्वेद औषधालय रहेका छन् । यस्तै कालिकाको सगुनटोल, खैरहनीको कुमरोज र इच्छाकामनाको चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र र भरतपुरको शिवनगरमा पिएचसि जीवनशैली सेवा रहेका छन् । चिकित्सालयले बिरामी परीक्षण एवं अत्यावश्यक आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशाला सेवा, भिडियो एक्सरे, फिजियोथेरापी, अकुपञ्चर, क्षरसूत्र, पञ्चकर्म, पूर्वकर्म सेवा दिंदै आएको छ । यस्तै दुखाई व्यवस्थापन अन्तर्गत अभ्यङ्ग÷ स्वेदन, जानुवस्ति÷कटिवस्ति÷ग्रिवावस्ति÷ मात्रावस्ति÷पत्रपिण्ड स्वेदन, तनाव व्यवस्थापन अन्तर्गत सर्वाङ्ग, अभ्यङ्ग÷स्वेदन, शिरोधारा, पिनास÷माईग्रेन अन्तर्गत नश्य सेवा दिंदै आएको छ ।

यस्तै आँखाको समस्या नेत्रतर्पण, थेराप्युटिक योग, जीवनशैली व्यवस्थापन, नियमित योग, प्राणायम, स्वस्थ आहार विहार, पथ्यापथ्य परामर्श, स्तनपायी आमालाई दुग्धबर्धक औषधि वितरण, जेष्ठ नागरिक स्वास्थ्य सेवा, सःशुल्क फार्मेसी सेवा पनि चिकित्सालयले दिंदै आएको छ । चिकित्सालयमा स्वीकृत स्थायी दरबन्दी १३ जना रहेकोमा करार र अस्थायी समेत गरी हाल १९ जना कार्यरत रहेका छन् । निकट भविष्यमै अन्तरंग सेवा सञ्चालनको तयारी गरेको चिकित्सालयमा नर्स लगायतका जनशक्तिको भने अभाव हुने देखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिर्फ आर्थिक वर्ष २०८०र०८१ को चैत मसान्तसम्म २५ लाख ७९ हजार ६०८ रुपैयाँ आम्दानी र १३ लाख ६५ हजार २५६ रुपैयाँ खर्च भएको छ भने १२ लाख६ हजार ३५२ रुपैयाँ मौज्दात रहेको प्रमुख डा. अधिकारीले बताउनुभयो ।

बि.सं. २०७८ सालदेखि फार्मेसी सञ्चालन गर्दै आएको चिकित्सालयमा ६९ प्रकारका औषधि रहेका छन् । फार्मेसीबाट वार्षिक ११ लाख १४ हजार ८९ रुपैयाँ आम्दानी र १० लाख ८८ हजार ९८२ रुपैयाँ खर्च हुँदै आएको छ । चिकित्सालयले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट पूजीगततर्फ दुई लाख विनियोजन भएकोमा एक लाख ८० हजार ४८३ रुपैयाँ खर्च भएको छ । यस्तै संघीय सरबारबाट प्राप्त ८१ हजार मध्ये ८१ हजार नै खर्च भएको छ । चालु खर्चतर्फ संघीय सरकारबाट ३५ लाख ४३ हजार विनियोजन भएकोमा ३० लाख ३४ हजार १३२ खर्च भएको छ भने प्रदेश सरकारबाट विनियोजित एक करोड ६९ लाख २१ हजार मध्ये एक करोड २७ लाख ४४ हजार ६५७ खर्च भएको डा।अधिकारीले जानकारी दिनुभयो । कार्यालयले समग्रमा ९० प्रतिशत भौतिक प्रगति र ७७।३२ प्रतिशत आर्थिक प्रगति हासिल गरेको डा. अधिकारीको भनाई छ । कार्यालयमा बेरुजु नभएको उहाँले जानकारी दिनुभयो । कार्यालयले एक जिल्ला एक जडिबुटी उद्यान निर्माण कार्यक्रमलाई मनसुनसँगै प्रक्रिया अघि बढाईने उहाँको भनाई छ । कार्यालयले निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, स्वस्थ जीवन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी क्षमता अभिबृद्धि तालिम कार्यक्रम, समन्वयात्मक समीक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, कर्मचारी पुनर्जाजगी योग अभ्यास कार्यक्रम यस अवधिमा सञ्चालन गरेको छ ।यसैगरी पत्रकारहरुसँग अन्तक्र्रिया, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, स्वास्थ्य जीवन प्रबद्र्धन कार्यक्रम, उच्च पदस्थ कर्मचारीहरुको तनाव व्यवस्थापन कार्यक्रम, होमस्टे, होटल तथा रिसोर्टका सञ्चालकहरुलाई योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण कार्यक्रम, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, राष्ट्रिय अन्तर्राष्ट्रिय योग दिवस, स्वर्णविन्दु प्राशन कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन गरिसकेको अधिकारीले बताउनुभयो । चिकित्सालयमा आउने मध्ये प्रमुख १० रोगमा अम्लपित्त, कास रोग, उदर रोग, संधिवात, उच्चरक्तचाप, अर्श, श्वास, आमवात, वातारक्त र मधुमेह रहेका छन् । डा. अधिकारीले संघीय सशर्त बजेटमा भारी कटौती भएकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा कठिनाई भएको बताउनुभयो । उहाँले स्थानीय सरकारको सहयोग भएमा सेवा केन्द्र सञ्चालनमा सहज हुने बताउनुभयो । यसैगरी निजी स्वास्थ्य संस्था नियमन गर्नका लागि स्थानीय सरकारले आवश्यक कानुन निर्माण गरी सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यालयले आगामी आर्थिक वर्षमा एमएसएस अनुसार सेवा प्रवाहको मूल्यांकन उच्च बनाउने, पञ्चकर्म, अकुपञ्चर, फिजियोथेरापी लगायतका सेवाहरु थप व्यवस्थित एवं फराकिलो बनाउने, प्रदेश आयुर्वेद चिकित्सालय सञ्चालनका लागि आवश्यक पहल गर्ने योजना अघि बसारेको छ ।

सो अवसरमा कार्यालय प्रमुख डा. अधिकारीले २५ शैयाको अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि आवश्यक सामग्रीभन्दा पनि जनशक्ति अभाव समस्या हुन सक्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

सो अवसरमा आयुर्वेद औषधि उत्पादन केन्द्रका प्रमुख डा.सुरेश महर्जनले ११७ वटा औषधि उत्पादन गर्ने लक्ष्य लिईएको बताउँदै चालु आर्थिक वर्षमा नै ११ वटा औषधि उत्पादन शुरु गर्ने बताउनुभयो । उहाँले किसानसँग सिधै जडिबुटी खरिद गर्न समस्या भएको भन्दै यसका लागि पहल भईरहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाले आयुर्वेदिक अस्पताल सञ्चालन गर्न विद्यालय नै सारिएको बताउनुभयो । चिकित्सालयलाई थप व्यवस्थित बनाउन आफूले सक्दो पहल गर्ने उहाँको भनाई थियो । पत्रकार रामकान्त पौडेलले सञ्चालन गर्नुभएका कार्यक्रममा डा.देवेन्द्रकुमार यादवले स्वागत गर्नुभएको थियो । सो अवसरमा उठेका प्रश्नहरुको प्रमुख डा. अधिकारी र डा. महर्जनले जवाफ दिनुभएको थियो ।

Subcategories