News

चितवन, चैत १ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय ९एफसिडिओ० द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्स् तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।

 

चितवन, फागुन २० ।
नेकपा एमाले कालिका नगरपालिकाको अध्यक्षमा पुनः केशव लामा चयन भएका छन् ।
कालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनले लामाको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जित बहादुर भट्टराई, दर्गादत्त पौडेल, उपसचिव उमाकान्त सापकोटा र शारदा देवी रेग्मी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

निर्वाचित कमिटीलाई आज सपथ ग्रहण गराइएको छ । शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य जेएन थपलिया, केन्द्रीय सदस्य कृष्णभक्त पोख्रेल, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, जिल्ला कमिटीका नेताहरु टिका रिजाल, झलक राज भट्ट, रेवती पौडेल लगायतकोे उपस्थिति रहेको थियो ।

प्रकाश खनाल शैलेशको अध्यक्षतामा सम्पन्न शपथ ग्रहण कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य दिवश पाण्डे, विमला लामा लगायतको उपस्थिति रहेको थियो ।

फागुन १९, चितवन । यहाँको राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशालाले चितवन सहित १६ जिल्लाबाट संकलित नमुना परिक्षण गर्दा व्याक्टेरीया र भाइरसको समस्या वढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन । प्रयोगशालाले साउन यता ६ महिनामा १ हजार २८५ किसानको २ हजार १७५ कुखुराको पोष्टमार्टम गरी रोगको परिक्षण गरेको थियो । कार्यालयका प्रमुख बिजय कुमार श्रेष्ठका अनुसार बातावरणमा हुने व्याक्टेरीयाका कारण इकोलाइ २९५ वटामा, गम्बारो भाइरस १६८ वटामा, सिआरडी व्याक्टेरीया १५४ वटामा, ढुसी ९माइक्रोटक्सीन० ११२ वटामा, साल्मोनेला व्याक्टेरीया ७२ वटामा देखिएको छ । यस्तै एसआईटिस ९पेटमा पानी जम्ने० ५९ वटामा, सिसिआरडी व्याक्टेरीया ४१ वटामा, फाउल कलेरा ९कुखुराको हैजा० २५ वटामा, कक्सी डियोसीस ९रातो छेर्ने०१९ वटामा, जुका १४ वटामा र रानीखेत ८ वटामा देखिएको थियो । यही अबधिमा चार वटा खोरका ब्रोइलर कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शतप्रतिशत सम्म मृत्यु हुने भएकाले जैबिक सुरक्षा अपनाउनु पर्ने उहाँको भनाई छ । रानी खेत, बर्डफ्लु जस्ता कारण शतप्रतिशत कुखुरा मर्ने गर्दछन् । गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमानै सतर्कता अपनाउन कृषकहरुलाई सुझाब दिएको बताउनुभयो । फार्ममा दाना, पानी, औषधि, भूष लगाएतका सामाग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैबीक सुरक्षालाई कडाईका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निः संक्रमण गर्ने औषधि पाईने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः संक्रमण गर्नुपर्ने हुन्छ । मौषम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशै भरका कुखुरा पालक कृषकले ध्यान दिनु पर्ने श्रेष्ठको भनाई छ । यस कार्यालयले देशैभरीका पंक्षीका नमुना लिएर परिक्षण गर्ने गर्दछ । यस वर्षको पुस सम्ममा बागमती, गण्डकी र लुम्बीनी प्रदेशका १६ जिल्लामा पालिएका पंक्षीहरुको नमुना परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमुना चितवनका रहेका छन् ।

Subcategories