News

माघ २९, चितवन । नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतो रहेका छन् । गैँडाकोट नगरपालिका वडा नं.१ मिलनचोकमा आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट घाइते भएका महतोको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । टाउकोमा चोट लागेका उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएकोे छ ।

 


चितवन, माघ २७ । तस्विर : अंकित भगत । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी नराखेको बताउनुभएको छ । भरतपुर ९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले महानगरको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न एक कक्षा कोठा एक शिक्षक, दिवा खाजा संघीय सरकारले दिने रु १० मा रु ५ थप, छात्राहरुलाई साईकल वितरण, छात्रावृत्ति, न्यानो कपडा वितरणलगायतका धेरै कार्य गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि त्यस अनुसारको नतिजा प्राप्त गर्न नससकेको अवस्थामा भरतपुरले भने शिक्षामा फड्को मारेको बताउनुभयो । ‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’ उहाँले भन्नुभयो, ‘हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।’ विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनु पर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहने छ’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थगत विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’


व्यावहारिक शुक्रबार भनेर विद्यार्थीहरुलाई विद्यालयमा व्यावहारिक ज्ञान दिने नैतिक ज्ञान दिने काम भइरहेको मेयर दाहालको भनाइ थियो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक कर्मचारी र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम हुनु पूर्व भरतपुर ८ र ९ को चोकबाट ¥याली निकालिएको थियो ।
प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि त्यस अनुसारको नतिजा प्राप्त गर्न नससकेको अवस्थामा भरतपुरले भने शिक्षामा फड्को मारेको बताउनुभयो ।
‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’ उहाँले भन्नुभयो, ‘हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।’
विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनु पर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।


‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहने छ’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थगत विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
व्यावहारिक शुक्रबार भनेर विद्यार्थीहरुलाई विद्यालयमा व्यावहारिक ज्ञान दिने नैतिक ज्ञान दिने काम भइरहेको मेयर दाहालको भनाइ थियो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक कर्मचारी र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम हुनु पूर्व भरतपुर ८ र ९ को चोकबाट ¥याली निकालिएको थियो ।

माघ २६, चितवन । पवित्रा ढकाल । आभास टेलिभिजन एचडीकी समाचार संयोजक एव चितवन खबर डट कम की सम्पादक सविना लामिछाने प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपाल चितवनको ८ औं जिल्ला अधिवेशनको अवसरमा पत्रकार लामिछाने पुरस्कृत भएकी हुन् ।

लामिछानेलाई पत्रकारीता तथा आम सञ्चार विषय अध्ययन गरी स्नातक तह तर्फ चितवन जिल्लामा नै प्रथम हुन सफल भएको भन्दै प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशनमा दश हजार नगद सहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार दाता दिपेन्द्र अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी र प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पुरस्कार प्रदान गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट सन्तकुमार चौधरी, डा. तिलचन्द्र शारदा पुरस्कारबाट सालिकराम नेपाल, जोखम पत्रकारीता पुरस्कारबाट बद्रि अर्याल, निरुता बिक लगायतका पत्रकारहरु पुरस्कृत भएका छन् ।

Subcategories