News

चैत १, चितवन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । अस्पतालले आगामी चैत २५ गते आफ्नो ६० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । वार्षिकोत्सव अन्तर्गत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वार्षिक स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, प्रभातफेरी, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मानलगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए । जसको लागि अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाईएको छ ।

 

फागुन २९, भरतपुर ।

भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । सोमबार काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा देशकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गरे । भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासले गति लिएको छ । केही महिना अघि मात्रै भरतपुर महानगर ६ वटा महानगरपालिका मध्ये कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको थियो ।

 

 

फागुन २९, भरतपुर । चितवनमा तेलबाट कपालमा मसाज गर्ने सेवा विस्तार भएको छ । भरतपुर महानगर–१० हाकिमचोकमा यचु हेयर आयल एण्ड डिके कलेक्सन सेन्टरले सो सेवा विस्तार गरेको हो । भूमि इन्डस्ट्रिजका अध्यक्ष उज्वल मानन्धर, महिला अधिकारकर्मी मञ्जु खाँडले सेन्टरको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

मानन्धरले ३३ थरीका प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट बनेको तेलले कपाललाई जीवन्त र तन्दुरुस्त बनाउन सफल बनेको बताए । ३ वर्षको अनुसन्धान र सफल परीक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको मानन्धरले बताए । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने गरि यचु हेयर आयल प्रयोग हुदै आएको छ । भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयल धेरैको रोजाईमा पर्दै आएको छ । चितवन र नवलपुरमा शाखा कार्यालयहरु खुलेका हुन् । चैत ९ गतेसम्म यचु तेलमा १० प्रतिशत छुट दिइने सञ्चालक दीपक खाँडले बताए । एचु तेल १० हजार बढी ले प्रयोग गरिसकेका छन् । चितवनका लागि १० दिनका लागि फ्री क्यम्पिङ राखिएको छ । चितवनमा खुलेको शाखामा १० लाख लगानी रहेको छ । एचु हेयर आयल केयर सेन्टरसँगै डिके कलेक्सन पनि रहेको छ ।

 

Subcategories