News

 भदौ ९, चितवन ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको छ । शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सार्वजनिक रुपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुराउनका लागी संवेदनशील हुनुपर्ने बताउनुभएको हो । उहाले एक अर्काको धर्म संस्कारलाई आँच नआउने गरि दलका नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्नुभयो । उहाले कुनै पनि बिषयमा समाजलाई सौहार्दपूर्ण वातावरणमा अघि बढाउन वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने जिकिर गर्नुभयो । सभापति लामिछानले संसदीय समितिमा प्रतिपक्षी दललाई लेखा समितिमात्रै दिन प्रचलन रहेपछि सहि ढंगले समितिलाई चलाउनका लागि रास्वपाको भूमिकालाई स्थापीत गर्न केहि समितिको सभापतिमा उम्मेद्वारी दिने बताउनुभयो । उहाले चितवनमा सुरु गरेका केहि कार्यक्रमहरुलाई सुधारका साथ अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
सभापति लामिछाने पार्टीले आयोजना गरेको जनतासंग सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो ।

 

भदौ ९, चितवन । भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर ९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले बताउनुभयो । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्नुभयो । बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाईको कामलाई एक साथ अगाडि बढाईएको जानकारी दिनुभयो । नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उहाँको भनाई छ । जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि राख्नुभयो । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विका संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गर्नुभयो । विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिनुभयो । संस्थाले ३० कठ्ठामा फुल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ ।

भदौ, ८, चितवन । भरतपुर अस्पतालले अस्पतालभित्र चोरीका घटना हुन नदिनको लागि ‘लक डोर’को व्यवस्था गरेको छ । अस्पतालमा बिरामी कुरूवा र आफन्त जस्तो बनेर आएपछि पैसा, मोवाइललगायतका सामान चोरी गर्नेहरूलाई नियन्त्रण गर्नको लागि बिरामी कुरूवाको सामान राख्नको लागि वार्डमा लक डोरको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘अस्पतालमा जो पनि आउने हुँदा सुरक्षा गार्डबाट चोरी गर्ने व्यक्तिलाई प्रवेश निषेध गर्न नसकेपछि विकल्पमा बिरामी कुरूवालाई लक डोरको व्यवस्था गरिएको हो,’ शुक्रबार अस्पतालको सार्वजनिक सुनुवाइका क्रममा प्राडा पौडेलले भने, ‘त्यति गर्दा बिरामी कुरूवालाई अस्पतालले उपलब्ध गराएको कार्ड देखाएपछि मात्रै लक खुल्छ ।’ यसले बिरामी कुरूवाको सामान सुरक्षित हुने उनले बताए ।

विगत लामो समयदेखि शुल्क लिएर सवारीसाधन पार्किङको व्यवस्था गरेको भरतपुर अस्पतालले आउँदो आइतबारदेखि निःशुल्क पार्किङको व्यवस्था गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट प्राडा पौडेलले जानकारी दिए । अस्पताल आउने सेवाग्राहीबाट पैसा कमाउने भन्दा पनि सुरक्षित सेवा दिनका लागि स–शुल्क पार्किङको व्यवस्था मिलाउँदै आएकामा आइतबारदेखि त्यसलाई निःशुल्क बनाउन लागेको उनले बताए ।
‘वडा नं।१० लगायतका सरोकारवाला निकायबाट धेरै नै गुनासो र दबाब आएपछि त्यसलाई हामीले निःशुल्क बनाउन खोजेका छौँ,’ प्राडा पौडेलले भने, ‘खासमा अस्पतालको सुरक्षा गार्डले भनेको नमान्ने र निजी क्षेत्रलाई ठेक्का दिँदा सबै मान्ने हाम्रो सामाजिक परम्परा भएकोले शुल्कसहितको पार्किङ गरिएको थियो ।’
अस्पतालको पुरानो गेटअगाडि भरतपुर महानगरपालिका वडा नं. १० ले सार्वजनिक शौचालय निर्माण गरिदिएपछि सेवाग्राहीका लागि धेरै सहज भएको उनले बताए । अस्पतालको पछाडिपट्टि कपडा धुने, सुकाउने र नुहाउने ठाउँको समेत व्यवस्था मिलाएपछि अस्पताल आउने बिरामीका आफन्तहरूलाई थप सहज भएको उनले बताए । त्यसबाहेक आवश्यक संरचना निर्माण र सेवासुविधालाई थप गर्दै लगेको उनको भनाइ छ ।

Subcategories