News

२६ भदौ, काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको सोमबार बिहान निधन भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा नेता(कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन् ।घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १स्५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका थिए । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

चितवन, भदौ २५   ।

कविडाँडा साहित्य समाज चितवले ‘कविडाँडा साहित्य समाज आख्यान पुरस्कार – २०७९’ का लागि १० आख्यानका कृतिहरु छनोट गरेको छ । प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० कृतिको पहिलो सूची सार्वजनिक गरिएको हो । कविडाँडा साहित्य समाजले समग्रतामा उत्कृष्टता, बिक्री बितरण, पाठक प्रतिक्रिया, समालोचकहरुको विश्लेषणका आधारमा १० वटा कृतिको नाम सार्वजनिक गरेको समाजका अध्यक्ष अग्रज साहित्यकार एलबी क्षेत्रीले  जानकारी दिए । उनले यस वर्ष आख्यान धेरै र राम्रो लेखिएकोले धेरै मेहनत गरेर १० वटाको सूची सार्वजनिक गरेको बताए ।
यस सूचीमा जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवारा, रामलाल जोशीको बाआमा, देवीप्रसाद सुवेदीको मनु, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा, रेणुका जिसीको सनेस र अशोक थापाको सन्तापको धून रहेका छन् ।

समाजका अध्यक्ष क्षेत्रीको अनुसार पहिलो चरणको छनोटमा परेका १० आख्यानहरूमध्येबाट दोस्रो चरणमा पाँच आख्यानको छनोट हुनेछ र अन्तिम चरणमा पुरस्कृत हुने एकमात्र पुस्तकको घोषणा गरिनेछ । उत्कृष्ट कथा र उपन्यासलाई मात्र दिइने यो पुरस्कारको राशी एक लाख २५ हजार रुपैयाँ रहेको छ । चितवनबाट प्रकाशित आख्यान कृतिहरुलाई पनि हरेक वर्ष १५ हजार राशीको पुरस्कार समाजले प्रदान गर्दै आइरहेको छ ।

समाजले यसअघि यो पुरस्कार महेश थापाको ‘मरिचिका’, श्याम शाहको ‘पथेर’, भुवन ढुंगानाको ‘परितेक्ता’ र लोकराजको ‘छाइल’ लाई प्रदान गरिसकेको छ । यो वर्ष दिइने पुरस्कार पाँचौं श्रृंखला हो । २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले साहित्यसम्बन्धी गोष्ठी, प्रतियोगिता र पुरस्कारहरु स्थापित गरेर चितवनलाई साहित्यको हब बनाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

चितवन, भदौ २५ । फाइल तस्विर ।

चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ । गैँडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिबिआई० सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशङ्का गर्नुभयो । उहाँले भन्नुभयो, “खाग नभेटिएपछि चोरीशिकारको आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ ।” गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ । रासस

 

Subcategories