९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने
चितवन, २३ भदौ । मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको बताउनु भएको छ । ब्युटिफुट माइण्ड इन्स्टिच्यूट अफ साईकियाट्रीको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा आज भरतपुरमा आयोजित चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा उहाँले मानसिक रोगको उपचार गरेर आत्महत्या रोक्न सकिने बताउनु भएको हो ।
उहाँले मानसिक रोग मध्येपनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताउनुभयो । उहांका अनुसार बाँकी आत्महत्या बाईपोलार, सिजोफ्रेनिया, पसर्नालिटि डिसअर्डर, ओसिडि र ०.५ प्रतिशत ईन्पोसिविलिटी (आवेसमा) हुन्छ ।” आत्महत्या अघि मानिसको मनमा विवाद आउने भन्दै उहाँले भन्नुभयो “ व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु । समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भईसकेँ, अब मैले के गर्नुपर्ला रु’ जस्ता विवादका सोच आउँछन् ।” यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उहाँको भनाई छ ।
आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उहाँले उपचार ग¥यौं भने त झनै कम हुने बताउनुभयो ।
आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनु पर्ने भन्दै उहाँले भन्नुभयो “कुरा सुनाईसकेपछि कारण के हो रु कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।”
कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उाहँले सही व्यवस्थापन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरी आत्महत्याको सोच आउँछ ।”
नारायणीको पुलमा जाली हालेर आत्महत्या नरोकिने भन्दै उहाँले प्रश्न गर्नुभयो “ आत्महत्या गर्ने ठाउँ नारायणीको पुल मात्रै छ रु यो भावनासँग खेल्ने काम मात्रै हो ।” नारायणी पुलमा जानै नपर्ने बनाउनका लागि व्यक्तिको भावनालाई साट्न पाउनु पर्ने बताउँदै उहाँले त्यस्ता व्यक्तिलाई उपचारमा लैजानु पर्ने बताउनुभयो ।
नेपालको स्वास्थ्य बजेटको ०।७ प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिंदै डा। भन्तानाले मानसिक स्वास्थ्य बीनाको फिजिकल स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “मानसिक रुपमा बिरामी छ भने फिजिकल्ली उ स्वस्थ हुनै सक्दैन । त्यसैले मानसिक स्वास्थ्यभन्दा ठूलो धन केही पनि छैन ।”
आत्महत्या रोकथामका लागि जनचेना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्ने गर्नुपर्ने भन्दै उहाँले थप्नुभयो “उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् ।” आत्महत्या दुरुत्साहन मानसिक बिरामी बनाउनका लागि हुने उहाँको भनाई छ ।
गत वर्ष नेपालमा ७ हजार ११५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको भन्दै उहाँले त्यो आत्महत्या कोशिको १४।४८ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि एवं पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गत आर्थिक वर्षमा चितवनमा २२४ जनाले आत्महत्या गरेको प्रहरीमा तथ्यांक रहेको जानकारी दिनुभयो । त्यसमध्ये पुरुष १४६, महिला ६१, बालक ६, बालिका ११ रहेका छन् । आगो लगाएर १ जना, विष सेवन गरेर २६ जना, झुण्डिएर १८६ जना, हामफालेर १ जनाले आत्महत्या गरेका छन् ।
अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या २१४ जना छ भने आर्थिक वर्ष ०७७–०७८ मा २१९ जनाले आत्महत्या गरेको अधिकारीले तथ्यांक प्रस्तुत गर्नुभयो ।
चालु आर्थिक वर्षको साउन र भदौको २२ गतेसम्म १८ जनाले आत्महत्या गरेको भन्दै उहाँले पुरुष ८ जना, महिला ६ जना, बालक दुई जना र बालिका दुई रहेको जानकारी दिनुभयो ।
हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको भन्दै पत्रकार अधिकारीले विश्वमा मृत्यु मध्ये आत्महत्या आठौं नम्बरमा रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य, आर्थिक तनाव, सामाजिक र सांस्कृतिक कारण, घरेलु हिंसा, प्राकृतिक विपत्ती, मानसिक स्वास्थ्य सेवाको अभाव, सांस्कृतिक अस्थाका कारण समेत आत्महत्या गर्ने गरेको उहाँको भनाई छ ।
हरेक वर्ष विश्वमा ७ लाख मानिसले आत्महत्या गर्ने गरेको भन्दै उहाँले ७७ प्रतिशत आर्थिक हैसितय कम र मध्यम भएका देशहरुमा हुने गरेको जानकारी दिनुभयो ।