News

असोज ३, भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवम् प्रेस सेन्टर चितवनका जिल्ला इन्चार्ज प्रकाशमणी ज्ञवालीले भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई चौतारी भवन निर्माणका लागि २५ हजार रूपैयाँ सहयोग गर्नुभएको हो ।
भरतपुर महानगरपालिका वडा नं। ११ बसेनीमा बन्दै गरेको भवनका प्रेस चौतारीको देश कै पहिलो भवन हो । पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनको भवन सबै पत्रकारहरुको साझा भवन भएको भन्दैं भवन निर्माणको प्रकृयामा विभिन्न ठाउँमा सहयोगका लागि सहजीकरण गरेको स्मरण गर्नुभयो । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुखसमेत रहनुभएका ज्ञवालीले आगामी दिनमा भवनका लागि के कति सहयोग जुटाउन सकिन्छ त्यसका लागि अनवरत रुपमा लाग्ने उहाँको भनाईं छ । भवन निर्माणका लागि सहयोग गर्ने मन पहिल्यैदेखि बनाएको बताउँदै पत्रकार ज्ञवालीले जन्मदिनको अवसरमा अन्य फजुल खर्च नगरी सामाजिक काममा सहयोग गरेको बताउनुभयो ।
जन्मदिने आमा र भाइसहित प्रेस चौतारीको निर्माणाधीन भवनस्थल पुगेका ज्ञवालीले जन्मदिनको अवसर पारेर भवनका लागि सकेको सहयोग गर्न पाउँदा आफूलाई खुसी मिलेको बताए । लामो समयदेखि चितवनमा पत्रकारिता गर्दै आउनु भएका ज्ञवाली जिल्ला कै अग्रज पत्रकार हुनुहुन्छ । सो अवसरमा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि ज्ञवालीले प्रदान गरेको सहयोगले संगठनलाई हौसला, उत्पेरणा र उर्जा मिलेको बताउनुभयो । उहाँले जग्गा चौतारीको नाममा भए पनि भवन निर्माणमा सबैको उत्तिकै पसिना, श्रम, मेहनत र लगानी परेको भन्दैं यसलाई साझा रुपमा उपयोग गर्न सकिने बताउनुभयो । ‘चौतारी भनेको नै साझा विषय हो, चौतारीले कसैलाई शितलता दिन्छु कसैलाई दिन्न भन्दैन, त्यसैले यो सबै अटाउने, सबैलाई शितल छहारी दिने भवन हो’ अध्यक्ष पण्डितले भन्नुभयो ‘सबै पक्षबाट भएको सहयोगबाट भवनलाई चाँडै नै पूर्णता दिइने छ ।’ समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तला ढलान गरेर भित्र प्लाष्ट्ररको काम भैरहेको छ । भवनको दोस्रो तला ढलानको तयारीसमेत भैरहेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

चितवन, असोज ३ । संविधान सभाबाट नयाँ संविधान जारी भएको ८ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधन दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगाएत सहभागी हुनुभएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिभिन्न निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०८० लेखिएको व्यानर प्रदर्शन गरेको थियो । त्यस्तै रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । समारोहलाई सम्बोधन गर्दै कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले संविधानप्रतिको सच्चा सम्मान र समर्पणले देशलाई समृद्ध लोकतान्त्रको नयाँ उचाइमा पुराउने विश्वास व्यक्त गर्नुभयो । उहाले संविधानको कार्यान्वयनलाई गति दिदै देशमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा निरन्तर प्रयासरत रहेको धारणा राख्नुभयो । खड्काले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

चितवन, असोज ३ ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले लामोसमय सामुदायिक विद्यालय बन्द भएर विद्यार्थीले पढ्न नपाउने अवस्था आए महानगरले एक्सन लिने बताएका छन् । अधिकृत रानाले शिक्षकको आन्दोलन गर्न पाउने अधिकारसँगै बालबालिकाको पढ्न पाउने अधिकारको पनि शिक्षकले ख्याल गर्नुपर्ने भन्दै विद्यालय बन्द भए एक्सनमा उत्रने बताएका हुन् । लामोसमयसम्म आन्दोलनकै कारणले विद्यार्थीले पढ्न नपाउने अवस्था आएमा भरतपुर महानगरपालिकाले एक्सनमा उत्रन्छ ।’ उनले आन्दोलनले धेरै दिन पठनपाठन अवरुद्ध हुँदैन भन्ने आशा पनि व्यक्त गरे । शिक्षकहरु आफैँ बुझ्ने मानिस भएकोले बालबालिकाको पढ्न पाउने अधिकारबारे भनिरहनु नपर्ने बताए ।

Subcategories