News

 

भदौ १७, भरतपुर । अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले आजको बचत भोलिको ज्युने आधार भएको वताउँदै बचत गर्ने बानिको विकास गर्न सहकारीको सहकारीको भूमिका महत्वपुर्ण रहेको वताउनु भयो ।

प्रमुख अतिथी खड्काले सहकारीले कुल पुँजीको ७० देखि ८० प्रतिसत भन्दा वढि रकम लगानी गर्न नहुने वताउँदै सहकारीहरु नीति, विधि र पद्धतीमा चल्नुपर्नेमा जोड दिनु भयो । सहकारीको वर्गीकरण गर्नु आवश्यक रहेको वताउँदै उहाँले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने वताउनु भयो ।

कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लि.का सचिव तुलसि घिमिरे, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुदिप रेग्मी, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, २ का वडाध्यक्ष मनोज रानाभाट, चेम्वर बहुउद्देश्यी सहकारी संस्था लि.का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण भण्डारी, सहकारीका सस्थापक अध्यक्ष भिमलाल न्यूरे, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानु प्रसाद न्यौपानेलगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सहकारीका सचिव सुनिल देवकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष एवं साधारणसभा आयोजक समितिको संयोजक पदमलाल न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा निर कुमार श्रेष्ठलाई जेष्ठ शेयर सदस्य सम्मान, चन्द्रमाँया श्रेष्ठ र दामोदर चपाईलाई एकाघरका जेष्ठ सदस्य सम्मान, जेनिस अधिकारीलाई स्नातकोत्तर उत्र्तीण सम्मान, डेलिसा थापामगरलाई उत्कृष्ठ बाल बचत सम्मान, अविनास श्रेष्ठलाई उत्कृष्ठ कार्यक्रम संयोजन सम्मान, बन्धु महतोलाई उत्कृष्ठ सक्रिय शेयर सदस्य सम्मान, भिमलाल न्यूरे, मनोज खनाल र निरज श्रेष्ठलाई उत्कृष्ठ बचतकर्ता सम्मान, मोहन केसी, अमिरेस मिया र कुलराज अधिकारीलाई असल उद्यमी कर्जा सदुपयोग सम्मान प्रदान गरिएको थियो । यसैगरी सोहि अवसरमा सहकारीका व्यवस्थापक मुक्तीनाथ घिमिरे, कर्मचारीहरु विपिन देवकोटा, इन्द्र बहादुर गुरुङ र देवेन्द्र श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी सम्मानद्धारा सम्मानित गरिएको थियो । कार्यक्रम संस्थाका सचिव सुनिल देवकोटाले संचालन गर्नु भएको थियो ।

भदौ १६, काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताउनुभएको छ ।

 

शनिबार पार्टी कार्यालय पेरिसडाडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभाम्भ गर्दै प्रचण्डले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको बताउनुभएको हो । उहाले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको धारणा राख्नुभयो । सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको उहाले बताउनुभयो ।

त्यस्तै जनतालाई सहज रुपमा सेवा दिनका लागी पनि सरकारले गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको उहाको भनाइ छ । प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको जिकिर गर्नुभयो । बिभिन्न उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने षड्यन्त्रहरू भइरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उहाले बताउनुभयो । सिंगो पार्टी एकढिक्का भएर अगाडि बढे सबै चुनौती सामना गर्न सक्ने र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्ने बताउनुभयो । 

समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ अभियानले सफलता प्राप्त गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो । उहाले जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा रहेको धारणा राख्नुभयो । तीनमहिनासम्म चल्ने अभियान अन्तर्गतमा माओवादीका नेताहरु जनताको घर–घरमा जाने माओवादीले जनाएको छ ।

भदौ १६, भरतपुर । । चितवन रही सञ्चारकर्म गर्ने गोरखाका पत्रकारले गोरखा चितवन पत्रकार समाज गठन गरेको छ । आज शनिवार पुर्खौली घर गोरखा भई हाल चितवनमा पत्रकारिता कार्यमा संग्लन पत्रकारको भेलाले गोरखा चितवन पत्रकार समाज गठन गरेको हो । भेलाले नविन बाबु मरहठट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ समितिको सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट(रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रवि रेग्मी रहेका छन । भेलाले असोज महीनाभित्रमा समाजको वृहद भेला गर्ने निर्णय पनि गरेको छ ।

Subcategories