National

 

पुष २८, काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले जानकारी दिनुभयो ।

दलहरुसंग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निर्णय लिने उहाले बताउनुभयो । राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ ।
पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूर्णता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिनुभयो ।

 

मंसीर २७, काठमाण्डौं ।

राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गर्नुभएको छ । शाहीले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको बताउनुभयो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताउनुभयो । उहाले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गर्नुभयो । वर्तमानमा चर्चित मुद्दाहरूमात्र नभइ १० वर्षे द्धन्दका आडमा भएका ब्यक्तिबिरूद्वका अदालतमा चलिरहेका फौजदारी मुद्दाहरू र अवरूद्व संक्रमणकालिन फौजदारी मुद्वाहरूसमेत वर्तमान सरकार यही अध्यादेशको आधारमा फिर्ता, माफि, मिनाहा गराउने प्रकृयामा रहेको उहाले आरोप लगाउनुभयो । उहाले अहिलेको यो अध्यादेश पारित भए ईंट्टाभट्टमा जिउँदै मान्छे जलाउने अफ्ताब आलमपनि छुट्ने बताउनुभयो । आफूले जनप्रतिनिधिको नाताले यो अध्यादेश देश र जनताको हितमा नभएको भन्दै विरोध गरेको शाहीको भनाई छ ।