बैशाख ४, रत्ननगर । तस्विर:  कोमल चन्द्र भगत । वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले सौराहामा दुई प्रतियोगिता गरिएको छ ।चितवनमा जारी वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकाला र बक्तृत्वकाला प्रतियोगिता गरिएको हो । मृगकुञ्ज उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान उपसमितिले आयोजना गरेको सो प्रतियोगिताको साहित्यकार धनराज गिरीले गरेका थिए ।चित्रकला प्रतियोगितामा न्यू स्पीडि इङ्लिस बोडिङ स्कुलकी प्राश्ना महतो प्रथम, लाइसीयम बोडिङ स्कुलकी बन्दना राना द्धितिय, बैरिया माविकी सविना खातुन तृतीय र एन्जलर्स आमाविका निरज मुखिया र बकुलहर माविका पुसन गिरी सान्त्वना भएका छन् ।


बक्तृत्वकला प्रतियोगितामा ग्रिनसोसाईटी पब्लिक स्कुलकी सायोना भूषाल प्रथम, नेपाल माविकी सर्वज्ञा पौडेल द्धितीय, पञ्चकन्या विद्या मन्दिरकी सम्या रिजाल तृतीय र बैरिया माविकी अदितीआचार्य र एन्जलर्स वर्ड आमाविका हेमन्त पौडेल सान्त्वनाले स्थान हासिल गरेका छन् ।चित्रकला प्रतियोगिताको निर्णायकमा ऋषिराम सुवेदी र पुष्पराज मरहठ्ठा, बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा धनराज गिरी र शिवप्रसाद भूषाल रहेका थिए । चित्रकलामा प्रथम हुनेलाई पाँच हजार, द्धितृय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुने दुईजनालाई एक एक हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुने दुई जनालाई दुईदुई हजार प्रदान गरिएको छ ।उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सप्ताहको महत्वपूर्ण कार्यक्रमको रुपमा विद्यालय स्तरीय प्रतियोगिता गरिएको बताए । उनले वन तथा वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा पु¥याउने उद्देश्यले प्रतियोगिता गरिएको बताए ।

सप्ताह अन्तर्गत भोली बुधबार राप्ती नदी सरसफाई र डुंगा सयर कार्यक्रम रहेको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेको कार्यक्रममा रिभर च्याम्पियन उषा महतोले स्वागत मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टिकाराम गिरी, टिकौली वनका कार्यबहाक अध्यक्ष टिकाराम आचार्य, जनकौली वनका सहसचिव फडिन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । चित्रकलाको सहमति संस्था, डेनिडा र डब्लुडब्लुएफ सहयोगी संस्था रहेका थिए ।