News

माघ १, पोखारा । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।

 

माघ १, पोखारा ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३÷३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

 

चितवन, पुस ३० ।

नारायणगढको नारायणी नदी किनारमा पुस २५ देखि जारी चितवन महोत्सवको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि साइकल ¥याली गरिएको छ । आज बिहान महोत्सवस्थल उद्योग वाणिज्य संघ चितवनबाट सुरु भएको ¥याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मेघौलीसम्म पुगेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । केसीकाअनुसार ¥यालीमा विभिन्न सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघ चितवनका सदस्यहरुको सहभागिता रहेको थियो । सो ¥यालीमा सहभागी भएकाहरु भरतपुर–१६ मा निर्माण भएको क्रुजसिपमा समेत पुगेका थिए । चितवनको पर्यटन प्रवद्र्धनमा क्रुज सिप सञ्चालन भएपछि महत्वपूर्ण टेवा पुग्ने भन्दै क्रुजसिपको अवलोकन तथा क्रुजसिपको यात्रा भएको केसीले जानकारी दिए । यसैबीच, बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको अवलोकन गरेका छन् । महोत्सव अवलोकन गर्दै थपलियाले यस चितवन महोत्सवले जिल्लाको समग्र आर्थिक व्यवस्था चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अन्तर्गत माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने जानकारी दिए । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए ।

महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ ।

महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

 

 

Subcategories