News

चितवन, पुस २७ । तस्विर : कोमल चन्द्र भगत ।

पूर्वि चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छिविद संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरुमा गणना गरिएको थियो । सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चराहरू भेटिएका छन् ।

जसमध्ये गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चरा विज्ञ बासु विडारीका अनुसार, यसपाली कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हून् । गत वर्षसाल भेटिएका सबै प्रजातिका चराहरु यसपाली पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चराहरु देखिएका थिए । यस वर्ष लोथरदेखि दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) देखि सौराहाघाट, सौराहाघाटदेखि कसरा पुल, तमोर ताल, लामी ताल, बिस हजारी र यससँग सम्बन्धित तालहरु भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताल लगायत पूर्वी चितवनको सिमसारहरुमा गरिएको थियो । विडारीले दुई दिन भएको गणनामा ७ हजार १५० चराहरू समावेश भएको जानकारी दिए ।

तीमध्ये ४ हजार १०७ चखेवा चखेवी रहेको उनले बताए । अघिल्लो वर्ष ७ हजार ५१७ चराहरु समावेश भएका थिए । अघिल्लो बर्षभन्दा चखेवा चखेवीको संख्या घटेको हो । अघिल्लो वर्ष ४ हजार ३०४ भेटिएको उनले बताए । सौराहाघाटदेखि कसराघाट सम्म ४१ प्रजाति भेटिएका छन् । त्यस्तै लोथरदेखि जिन्दगानी घाटसम्म २, जिन्दगानी घाटदेखि सौराहाघाटसम्म २५, विसहजारी तालमा ३०, बढुराप्तीमा २६, ढुंगरे खोला २४ मत्यविकास केन्द्रमा १८, लामितालमा १६, पटना तालमा १२ र तमोरतालमा ४ प्रजातिका चराहरु भेटिएको उनले बताए । ७ हजार १५० चरा समावेश हुँदा पानि हाँसमात्र ४ हजार १०७ वटा समावेश भएको उनले बताए । जलकौवा सानु ११७ र ठुलो ४६० वटा गणनामा समावेश भएका छन् ।

भरतपुर, २७ पुस । तस्विर कोमल चन्द्र भगत । 

कविडाँडा राष्ट्रिय साहित्य सम्मान २०८१ बाट पाँच जना गजलकार सम्मानित भएका छन् । कविडाँडा राष्ट्रिय गजल उत्सव २०८१ का अवसरमा शनिबार उनीहरुलाई सम्मानित गरिएको हो । कविडाँडा साहित्य समाज चितवनले भरतपुर–४, यज्ञपुरीमा आयोजना गरेको गजल उत्सव उद्घाटन समारोहमा गजलकारहरु कृष्णहरि बराल, गोविन्दराज विनोदी, घनश्याम न्यौपाने परिश्रमी, बुँद राना र ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको हो । उनीहरुलाई समाजका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला ओढाई सम्मानपत्र दिएका थिए । सम्मानित गजलकार पौडेलले गजलको लागि उर्वर ठाउँ चितवनमा सम्मानित हुन पाउँदा गौरव लागको अनुभूति सुनाए । उनले नेपाली गजलको विकासले फड्को मारेको बताए । नेपालमा गजल लेख्नेहरुबिच सैद्धान्तिक मतभेद भएको बताउँदै पौडेलले लेखनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने विचार व्यक्त गरे ।
‘छन्द वा बहरमा नलेखिएको गजल छाप्न हुँदैन, गाउन हुँदैन भन्नु क्रुर विचार हो’ गजलकार पौडेलले भने,‘जसरी किनारको चट्टानले नदीको प्रवाह रोक्न सक्दैन, त्यसरी नै छन्द वा बहरको अवरोधले गजलको प्रवाहलाई रोक्ने सक्ने छैन ।’

‘नेपाली गजलको सैद्धान्तिकीकरण स् आवश्यकता र प्रमुख सवालहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा। दीपककुमार खड्काले कस्तो हुनु पर्छ भन्ने उपदेश सिद्धान्त हुन नसक्ने धारणा व्यक्त गरे । ‘नेपाली गजललाई फारसी गजलको विशुद्धताले मापन गर्ने दृष्टिकोणमा उपनिवेशवादी चिन्तन छ’ उनले भने, ‘नेपाली गजललाई नेपाली काव्यशास्त्रबाट अध्ययन गर्नुपर्छ ।’ गजलको बहस, विमर्श र वाचन कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले स्वागत मन्तव्य र गजलकार पुष्प अधिकारी अञ्जलिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदीप रोदन र प्रमिला सानुले गजल सुनाएका थिए । कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रममा प्राध्यापक नारायणप्रसाद शर्मा गैरेले गजलको सैद्धान्तिक स्वरुप र समकालीन नेपाली गजलका प्रवृत्तिबारे बोलेका थिए । त्यसैगरी ञआजको नेपाली गजल स् धारैधारको महामेलामा गुणस्तरको सकसझ शीर्षकमा प्यानल बहस गरिएको छ । गजलकार ज्ञानुवाकर पौडेल, भुवन बोहरा निस्तेज र रमेश प्रभातसँग विनोद अनुजले बहस चलाएका थिए ।
कार्यक्रमको अन्त्यमा गजलवाचन राखिएको थियो । कविडाँडाका सहसचिव एवम् गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले सहजीकरण गरेको कार्यक्रममा सागर तिमिल्सिना, निर्दोष जीवन, प्रदीप रोदनलगायतले गजल प्रस्तुत गरेका थिए ।

चितवन, पुष २६ 

१५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ । महोत्सवको तेश्रो दिन भोलि पुष २७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदै छ । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ११ः३० बजे म्याग्नेट सोलको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको जादु देखाइने छ । त्यसैगरी २ बजेबाट कलाकारहरु हेमन्त शर्मा र एलिना चौहानको प्रस्तुती रहने छ ।
यससँगै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, तमु विद्यार्थी छोंज धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवन, चितवन डान्स सेन्टर नारायणगढ, नेपाल कुमाल समाज चितवनको प्रस्तुती र रो। प्रज्जु पौडेलको एकल नृत्य समेत रहने छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

Subcategories