News

माघ २, चितवन । तस्विर कोमल चन्द्र भगत ।  सनातन सभ्यता संस्कार संस्कृति रक्षार्थ र वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापनका लागि काम गर्दै आएको विश्व हिन्दु महासंघ चितवनले मकर संक्रान्तिको बेला देवघाट नै कब्जा गरी अरुको गतिविधि निस्तेज गर्ने दुष्प्रयास प्रति आपत्ति जनाएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै स्वघोषित महाराजले जिल्ला प्रशासन कार्यालयमा त्यस्ता कार्यलाई सच्याउने र सबैको साझा थलोको रुपमा र साझा एजेण्डाको रुपमा काम गर्न प्रतिबद्धता गरे पनि उन गतिविधी नरोकिएको महासंघले जनाएको छ । ऐतिहासिक धार्मिक एवं पौराणिक देवघाट धामको गरिमा आफैंमा महत्त्त्वपूर्ण छ।
देवघाटसँग जोडेर महामहोत्सव नाम दिइएको ईश्वर कृष्ण भुर्तेलले आयोजना गरेको एक महिना लामो महामहोत्सव सुरुबाटै विवादित भइरहँदा उनका गतिविधि र दादागिरी झन् बढाउँदै गएको भन्दै महासंघले विरोध गरेको हो । ठाउँ ठाउँ र देवघाटमा समेत विभिन्न अनुष्ठानमा विवादमा परेका स्वघोषित महाराज आफ्ना कर्तुत लुकाउनकै लागि अन्य संघ संगठनलाई मानमर्दन गर्ने झुट र भ्रामक प्रचार गर्ने छद्मभेसी भाषा अपनाउने काम गरिरहेको विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरेले जानकारी दिनुभयो । सोझो समाज र कृपालु भक्तजनहरूको श्रद्धा र भावनासँग खेली करोडौं रकम उठाउने धन्दा चलाइरहेको परिपेक्षमा पारदर्शिता र स्पष्टता खोज्दा महाराज भनिएका भुर्तेल रिसाउने आफ्नै सेना छन् ,भन्ने आफ्नै टेलिभिजन छ जसबाट प्रचारप्रसार गरेर विभिन्न संस्थाको बदनाम गर्छु भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिने बेथिती बिरुद्द को आवाज उठाउने संस्थाहरुलाई किन्न सक्छु भन्ने विभिन्न आरोप प्रत्यारोप लगाउने व्यवहारप्रति विश्व हिन्दु महासंघले खेद प्रकट गरेको अध्यक्ष गैरेले बताउनु भयो ।

महामहोत्सव भनेको के हो ? यसको धार्मिक र वैदिक महत्त्व के छ ? यो बारे पनि प्रष्ट पार्न निज स्वघोषित महाराजलाई महासंघले चुनौती दिएको छ । साथै देवघाट क्षेत्रको पुरातात्विक र शास्त्रीय महत्वको भावना बुझेर मात्रै कंक्रीट र बालुवाको संरचना बनाउन स्वीकृति दिन त्यस पालिका र देवघाट क्षेत्र विकास समितिलाई अनुरोध महासंघले अनुरोध गरेको छ । विकास का नाममा पुरातात्विक महत्व नबुझी ऋषी परम्पराको केन्द्रको रुपमा स्थापित देवघाट क्षेत्र लाई कंक्रीट र बालुवाको कृत्रिम शहर बनाउने काम सनातन सस्कृती र सभ्यताको संरक्षण बिरुद्दको कार्य हो । यस्ता आदिप्रयागराज देवघट्टमा मकर महिनाको विशिष्ट समयमा उपस्थित भक्तहरूलाई बिनाशास्त्रीय अनुष्ठान एउटा चटके नाटक मञ्चन गरी व्यबकुब बनाउने कार्यले सनातन संस्कृतिमाथिको आस्थामा नै आच आउने हुँदा यस्तो नौटंकी र व्यवसायी सोच भएका शास्त्रीय मर्यादा र आचारसंहिताको धज्जी उडाउने महाठगदेखि सचेत तथा साबधान रहन सम्पूर्ण सनातनीहरुलाई हार्दिक अपिल गरिएको छ ।

यी र यस्ता पर्वहरूको विशिष्टतालाई भजाएर आर्थिक लाभ लिई धर्मका नाममा लुट मच्चाउने व्यक्तिहरुलाई सनातनी समाजले पक्कै बहिष्कार गर्नेमा महासंघ जनाएको छ । वैदिक शास्त्रीय अनुष्ठानहरु नै समावेश नभएको महामहोत्सव नामक नाटकलाई दान दिनु सनातन संस्कृति र कुल परम्पराको समेत विरुद्ध हुने हुँदा दान र व्यासको मर्यादालाई ख्याल गरी यी र यस्ता गतिविधिलाई निरुत्साहित गर्न सम्पुर्ण सनातनी हरुलाई अनुरोध विश्व हिन्दु महासंघले गरेको छ ।

१ माघ, चितवन । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा सक्रान्ति मेला आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ । ठूला सवारीसाधन ९बस, मिनिबस, माइक्रो० आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार ९चन्द्रलोक स्वर्गद्वार० बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । डुङ्गा, र्‍याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्‍याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।

पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ । तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए ।

‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ ।

सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई १०, मोटरसाइकल रु २०, कार, जिप, भ्यान तथा हल्का सवारीलाई ५० तथा बस ट्रकसहित भारी सवारीसाधनलाई एक सय निर्धारण गरिएको समितिले जनाएको छ ।

 


पुष २९, चितवन । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरेको खिचरा महोत्सवको उनले एक भब्य समारोहकी बीच उद्घाटन गरेका हुन् । सो अबसरमा उनले थारु संस्कृति पर्यटन विकासको आधार रहेको बताए । थारु संस्कृति मार्फत पर्यटन विकास गर्ने थुप्रै आधारहरु रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा निर्माण गरिएको थारु संस्कृति संग्रहालय सञ्चालनको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा अलपत्र परेको चित्स्यान केन्द्र सञ्चालनको लागि पहल गर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुदेव चौधरीले थारु संस्कृति संरक्षणको लागि तीनै तहका सरकार सकरात्मक हुनुपर्ने बताए । थारु संस्कृतिलाई पर्यटनसंग जोडेर आर्थिक उपार्जनको मध्यम बनाउन सकिने भन्दै उनले यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । उनले थारु समुदायको राजनीतिक अधिकार स्थापित हुन नसकेको भन्दै उनले मुलुकका प्रमुख राजनीति दल थारु समुदायप्रति उदारबादी हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले थारु संस्कृति जोगाउन हरेक बर्ष खिचरा महोत्सव आयोजना गर्दै आएका बताए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको उनले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक र आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले बताए । थारु कल्याणकारिण सभा केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलबाल, प्रदेश सभा सांसदहरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, माया श्रेष्ठ, खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेती, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी, खैरहनी वडा नं ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाली काँग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, एमालेका नगर अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनाल लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक चौधरीको अध्यक्षतामा भएको थियो । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । महोत्सव सुरु हुनुपूर्व खैरहनीमा भब्य शोभायात्रा निकालिएको थियो ।

Subcategories