News

चितवन, माघ ५ । तस्विर कोमलचन्द्र भगत । 

चितवनको दिगो पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुले अहम्तलाई त्यागेर एकीकृत पर्यटन प्याकेज ल्याउनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

चितवन महोत्सवका अवसरमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।

चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका पर्यटन विकास समितिका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित व्यवसायीका छाता संगठनका प्रतिनिधि, पालिकाका पर्यटन शाखाका प्रतिनिधि, पर्यटन विज्ञ लगयातका सरोकारवालाहरुबीच भएको अन्र्तक्रियात्मक गोष्ठीमा विविध विषयमा छलफल भएको छ ।

चितवनका पर्यटकीय क्षेत्र सौराह क्षेत्र, मेघौली क्षेत्र, पटिहानी क्षेत्र, माडी क्षेत्र, इच्छाकामना क्षेत्र लगायतका पर्यटकीय क्षेत्रहरुबाट त्यहाँका पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा भएको गोष्ठीमा सहभागीहरुले चितवनको दिगो पर्यटन विकासका विविध पक्षमा अन्र्तक्रिया गरे ।

गोष्ठी कार्यक्रमका स्रोत व्यक्ति एवम् पर्यटन विज्ञ विश्वराज सुवेदीले चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरुको पछिल्लो अवस्थाको बारेमा प्रस्तुति दिएका थिए । उनले चितवनमा दिगो पर्यटन विकासका लागि चितवनमा पर्यटनका आकर्षणका केन्द्र थप्नुपर्ने, विमानस्थललाई विस्तार गर्नुपर्ने, चितवनको कुनै एक ठाउँलाई तोकेर त्यहाँ नाइट लाइफ सुरु गर्नुपर्ने, जिल्लाभर एकीकृत पर्यटन विकास गर्नुपर्ने, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्नुपर्ने लगायतका विविध सुझावहरु राखेका थिए ।

पटिहानी र मेघौलीबाट सहभागी जनाउनेहरुले पर्यटकीय गन्तव्यको प्रचार र विकास गर्दा प्रतिस्पर्धि हैन सहकार्यमा गर्नुपर्ने सुझाव दिएका छन् । सौराह र मेघौली–पटिहानी दुई प्रतिसपर्धि जस्तै अघि बढिरहेकोतर्फ इंगित गर्दै उनीहरुले सौराह र मेघौली–पटिहानी क्षेत्र सहकार्यमा अघि बढ्नुपर्ने आशय व्यक्त गरे । चितवन पर्यटन महोत्सव नै आयोजना गरी चितवनको एकीकृत पर्यटन विकास र प्रवद्र्धनमा लाग्नुपर्ने त्यस क्षेत्रका सहभागीहरुको जोड थियो ।

चितवनको दिगो पर्यटन विकासका लागि मेघोली क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिँदै त्यस क्षेत्रका सरोकारवालाहरुले गोलाघाट नवलपुर जोड्ने पुल बनाउनु पर्ने, मेघौली विमान स्थल सञ्चालन गरिनुपर्ने, देवघाट–मेघौली–त्रिवेणीसम्मको जलयात्रा सुरु गरिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका छन् ।

माडीबाट सहभागी जनाउने सरोकारवालाहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण सौराहा तेश्रो पर्यटकीय गन्तव्य बनेको तर निकुञ्जकै कारण माडी दर्दनाक अवस्थामा रहेको भन्दै दुखः व्यक्त गरे । माडीमा पनि पर्यटन विकासको प्रचुर संभावना रहेको बताउँदै वक्ताहरुले चितवन जिल्ला भरि नै एकीकृत पर्यटन प्याकेज बनाउनु पर्ने धारणा राखे । यसो गरेमात्र चितवनको दिगो पर्यटन विकास हुन सक्ने उनीहरुको जोड ।

सौराहबाट सहभागी वक्ताहरुले सौराह आएका पर्यटकलाई मेघौली, पटिहानी र माडी पुर्याउन त्यस क्षेत्रका व्यक्तिहरुले काम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्न सौराह तयार रहेको बताए ।

गोष्ठीमा सहभागी अन्य सरोकारवालाहरुले पर्यटन गाइडहरुलाई समयसमयमा तालिम दिइनुपर्ने, बाह्य पर्यटकका लागि आन्तरिक हवाइ भाडा कम हुनुपर्ने, रैथाने खानालाई ब्राण्डिङ् गर्नुपर्ने, कोदोको रक्सीलाई ब्राण्डिङ् गर्नुपर्ने, पर्यटकीय क्षेत्रमा गाँजा सेवन गर्न पाइने बनाउनु पर्ने, टाइगर टपलाई पुनः सञ्चालन गरिनुपर्ने, मनोरञ्जन पार्कहरु बनाउनुपर्ने, चिन र भारतका पर्यटकलाई लक्षित गरी कार्यक्रम ल्याइनुपर्ने, विदेशी पर्यटक नेपाल आउँदा विमानको सहज व्यवस्थापनमा राज्यले पहल गर्नुपर्ने, अन्र्तर्राष्ट्रिय विमान भाडा कम गर्नतर्फ लाग्नुपर्ने, नेपाल पर्यटकका लागि कम्बो प्याकेज बन्ने संभावना भएको मुलुक भएकाले यसतर्फ राज्यले नै नीतिगत तहबाटै विविध काम गर्नुपर्ने लगायतका विविध धारणाहरु प्रस्तुत गरेका छन् ।

नीजि क्षेत्र पर्यटनमा लागनी गरेको गरै गर्ने तर राज्य भने संरचना बनाउन ढिला सुस्ती गर्दा लगानी कर्तामा निराशा आउन थालेको भन्दै सहभागीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन व्यवसायीबीचको अहम्ताले व्यवसायीले आफ्नो खुट्टामा आफै बन्चरो हानिरहेको बताए । सौराहाका व्यवसायीहरुले चितवनको अन्य क्षेत्रको विकासमा त्यति चासो नदिएको भन्दै अध्यक्ष चुकेले यसले चितवनको दिगो पर्यटन विकासमा नकरात्मक असर पार्न सक्नेतर्फ सचेत गराए । पर्यटन मन्त्रालयले पनि पर्यटन विकासमा त्यति प्रभावकारी भएर काम गर्न नसकेको बताउँदै अध्यक्ष चुकेले देशको पर्यटन विकासमा राज्य नै बढी जिम्मेवार हुन नसकेको धारणा राखे ।

गोष्ठीमा सहभागीहरुलाई उवासंघ चितवनका अध्यक्ष एवम् महोत्सव मुल समिति संयोजक सुमन कुमार श्रेष्ठले स्वागत गर्दै राज्यका विविध नीतिका कारण चितवन महोत्सवमा आफूहरुले सोचे जसरी पर्यटन प्रवद्र्धन गर्न नपाएको बताए ।

चितवनमा पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको बताउँदै उनले यसले चितवनको पर्यटन विकासलाई दिगो बनाउने बताए । निकुञ्जमा जंगल सफारीका लागि सौराहसँगै पटिहानी र मेघौली पनि रहेको भन्दै यसको एकीकृत प्रचार हुनुपर्नेमा उनको जोड थियो । त्यसैगरी होमस्टेहरुको विकास गरी पर्यटकको बसाई कसरी हुन्छ चितवनमा लम्बाउनतर्फ सबै क्षेत्रका व्यवसायी एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो ।

महोत्सव पर्यटन समिति संयोजक इमान्दु बरालले महोत्वबाट निस्केका निचोडलाई सम्बन्धित स्थानमा पुर्याउने बताउँदै र चितवनको दिगो पर्यटन विकासमा पर्यटन गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

 

चितवन, माघ २ ।
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् । महोत्सव परिसरमा आज बिहान स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । साइकल व्यावसायी संघ चितवन नवलपुरसँगको सहकार्यमा महोत्सव मुल समितिले स्लो साइकल रेस प्रतियोगिता आयोजना गरेको हो । ३८ जना सहभागि भएको प्रतियोगितामा प्रथम, द्दित्तिय र तृतिय हुनेलाई साइकल पुरस्कार दिइएको चितवन महोत्सव खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।

स्लो साइकल रेसमा करन खड्का प्रथम, अन्जित ढकाल द्दित्तिय र सुरेश राना तृतिय हुन सफल भएका छन् । उनीहरुले क्रमशः गेर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्राप्त गरेका छन् । खुला रुपमा खेलाडीको दर्ता गराइएको थियो । दर्ता शुल्क प्रति खेलाडी रु १०० रुपैयाँ तोकिएको थियो । प्रतियोगितापछि उद्योग वाणिज्य संघ समित र कर्मचारीहरु पनि मैत्रिपूर्णरुपमा स्लो साइकल रेस खेलेका थिए ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

माघ २, चितवन । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् । यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

Subcategories