News

पवित्रा ढकाल ।  तस्विर कोमल चन्द्र भगत । 
चितवन, २५ पुस । चितवन गौरव र गरिममाय प्रस्तुति चितवन महोत्सव २०८१ को औपचारिक उद्घाटन पूर्व बिहीबार बिहान चितवनको नारायणगढ बजारमा विभिन्न जात जाति भाषा भाषीका संस्कृति झल्कने बाजा गाजासहितको शोभायात्रा निकालिएको छ ।

१५ औं संस्करण को यो महोत्सवको औपचारिक उद्घाटन भैसकेको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा २०५३ सालदेखि प्रत्येक दुई–दुई वर्ष अन्तरालमा आयोजना गरिँदै आएको यो महोत्सव माघ १० सम्म चल्ने छ ।

 

चितवन, पुष २४ । तस्विर कोमल चन्द्र भगत । 
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइँदैछ ।

अध्यक्ष श्रेष्ठका अनुसार यस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने छ । अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने छ । महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहने छ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिँदै छ । महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने छन् ।

महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर समेत राखिनेछ ।

महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोतसव प्रत्येक दुई वर्षमा आयोजना गरिँदै आइएको छ । महोत्सवको उद्घाटन अघि भोलि बिहान ७ बजेबाट शोभा यात्रा निकाल्ने तयारी गरिएको छ ।

४ पुस, चितवन । लायन्स क्लब अफ रत्ननगर र लायन्स क्लब अफ चितवन नेसनल पार्कको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र रत्ननगर नगरपालिका वडा नम्बर ५ को समन्वयमा नगर स्वास्थ्य केन्द्र रत्ननगर ५ टरौलीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। आँखा शिविरमा २२३ जनाले सेवा लिनुभएको छ। ९३ जना पुरुष र १३० जना महिलाले सो शिविरमा सेवा लिनुभएको हो। सेवा लिनुभएकामध्ये ११ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएकाले उहाँहरुलाई निःशुल्क मोतियाबिन्दुको शैल्यक्रिया गरिने आयोजक लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष रस्किन अधिकारीले जानकारी दिनुभएको हो ।

Subcategories