News

पौष १८, चितवन । कोमल चन्द्र भगत । 

चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा स्थापित चितवन महोत्सव आगामी पुस २५ गतेबाट नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु हुँदैछ । २०५३ सालदेखि प्रत्येक दुई / दुई वर्षमा हुँदै आएको चितवन महोत्सवको यो १५ औँ संस्करण हो ।

आगामी पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चितवन जिल्ला र यसका आसपास क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथ साथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको जानकारी दिइएको छ । महोत्सवमा यस पटक ४ सय ३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनु भयो।

महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि १०० र विद्यार्थीका लागि ५० रुपैँया तोकिएको छ । त्यस्तै टिकट भौतिक रुपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था रहेको र आन्तरिक तथा वाह्य पर्यटक सहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ । १५ दिन सम्म चल्ने महोत्सवमा करिब ३० करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

परम्परागत खानाको प्रवर्द्धनका लागि विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पौष २८ देखी माघ ७ गतेसम्म नारायणगढ कै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो।

महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

पुष १८, काठमाण्डौं । भाइरल बालगायकका रुपमा परिचित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन्।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

पुस १७,चितवन ।
खराब मौसमका कारण भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका छन् ।
तराईमा हुस्सु बढ्नुका साथै कम भिजिबिलिटी हुँदा बुधबार भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका अनुसार बिहानबाटै भिजिबिलिटी नपुग्दा उडान हुन सकेन । बुधबारका लागि भरतपुरका सबै उडान स्थगित भएका छन्।

 

Subcategories