News

मकवानपुर, पुस ११ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८ को सिमानास्थित प्लटिङमा निकुञ्जबाट खटिएको सेनाको टोलीले गैँडाको खागसहित तस्करलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । खाग तस्कर भाग्न खोजेपछि पाँच राउण्ड हवार्ई फायर गरिएको उहाँले बताउनुभयो । विशेष सुराकीका आधारमा चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतको नेतृत्वमा हेटौँडा आएको टोलीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले उल्लेख गर्नुभयो ।
घटनाबारे पूर्ण जानकारी निकुञ्जमार्फत सार्वजनिक गरिने भन्दै उहाँले तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न दुई वटा सवारीसाधनमा हेटौँडा आएका आठ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको थियो । रासस

 

चितवन, पुष ११ । तस्विर: कोमल चन्द्र भगत / अंकित भगत । पर्यटकिय नगरी चितवनको सौराहामा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवन सौराहाले महोत्सवको आयोजना गरेको हो । महोत्सवको नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

महोत्सव उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले पशु अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ। हात्तीले चितवनको पर्यटन विकासमा महत्पवूर्ण भूमिका निर्बाह गरेको भन्दै उहाँले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताउनुभयो । अधिकारका नाममा हात्ती महोत्सव रोकिनु हुँदैन उहाँले भन्नुभयो महोत्सवलाई जनावरमैत्री बनाउदै अझै शक्तिशाली बनाउनु पर्ने उहांको भनाइ छ । हात्तीका गतिविधि अबलोकन गर्न पर्यटक आउने भन्दै उहाँले यो सकरात्मक पक्ष भएको बताउनुभयो ।

हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उहाँले महोत्सवलाई महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । चितवनका पर्यटन व्यवसायीको हात्ती प्रतिको लगाब र प्रतिबद्धताको अगाडि अधिकारको नाममा गरिएको विरोध निरही रहेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उहाँले पर्यटकीय गतिविधिलाई कुनैपनि बहनामा विरोध गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । चितवनको सफारी पर्यटनलाई असर पर्ने गरी हात्ती महोत्सवप्रति असहमति जनाउन नहुने उहाँको तर्क थियो ।

चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपम नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यस अन्तर्गगत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उहाँले संरक्षण र पर्यटनलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । जैविक विविधता र सम्पदा जोगाउदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उहाँको भनाई छ । प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले पशुअधिकारकर्मीहरुले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताउनुभयो । उहाँले बृहद पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासको लागि पाहुनालाई प्रदान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । चिन सरकारले भ्रमण वर्षको घोषणा गरी आफ्ना नागरिकलाई जनसुकै देशमा घुम्न जान आह्वान गरेको भन्दै त्यसको भरपुर फाइदा चितवनका पर्यटन व्यवसायीले लिने गरी तयारी गर्नुपर्ने उहाँको भनाई थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले हात्ती महोत्सवलाई विवादित बनाएर चितवनको पर्यटनलाई ध्वस्त पार्ने खेल सुरु भएको बताउनु भयो ।

कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ र व्यवसायी हरिप्रसाद पाठकलाई सम्मान गरिएको छ । कार्यक्रममा महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताउनुभयो । हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग बिटुवी गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम हुने संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।

संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, वडा नं ७ का वडाध्यक्ष सजना महतो, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणि थपलिया, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा लगायततले मन्तव्य राख्नुभएको थियो । रत्ननगर नगरपालिका संरक्षक रहेको हात्ती महोत्सवको सहआयोजकमा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सह–आयोजक रहेको छ ।


ललितपुर, पुष ११ ।
ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू भएकोमा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलव्ध भएको हुँदा कलेजका विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको छ ।
कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत एभरेष्ट इन्जिनियरिङ कलेजले ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलव्ध गराउने भएको हुँदा देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशालाले सुलभ सुविधा दिने आँकलन गरिएको छ ।
कलेजको प्रयोगशालामा भएको अत्याधुनिक युनिभर्सल टेस्टिङ मेसिन ९युटिएम० प्रयोग गरी नेपालका क–वर्गका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीहरू परीक्षण गर्न मिल्ने र प्रयोगशालाबाट दिइने गुणस्तरको प्रमाणपत्रलाई सरकारी निकायले समेत मान्यता दिने भएकोले निर्माण व्यवसाय वा मेटेरियल साइन्स विधामा संलग्न सबैले एभरेष्ट इन्जिनियरिङ कलेजको प्रयोगशालाबाट लाभ लिन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ ।

Subcategories