News

पुष १३, सौराहा चितवन । तस्विर अंकित भगत । पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सवको तेश्रो दिन शनिबार बाघमारा वनको खुल्ला चौरमा हात्तीहरूलाई वनभोज खुवाइएको छ । हात्तीहरुको वनभोज कार्यक्रममा विभिन्न किसिमका मिष्ठान्न परिकारहरु तयार पारियको संयोजक रामकुमार अर्यालले जानकारी दिए । हात्ती वनभोजमा ड्र्यागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै, पाउरोटी , सुन्तला, भेलिमा पकाएको चामल, लगायतका खानेकुरा खुवाइएको महासचिव गुणराज थपलियाले बताए । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् ।

वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। कलात्मक रुपमा सजिएका हात्तीले बनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो। ताजा फलफूल सुँढ घुमाई घुमाई मुखमा हाल्दै मर्काउँदा आनन्द अनुभव गरिरहेको भाव हात्तीका आँखाबाट हेर्न लायक भएको क्षेत्रीय होटेल संघ सौराहाका उपाध्यक्ष ओम पाण्डले जानकारी दिए। एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। विनोद तिमिल्सिनाले बताए। हात्तीहरुको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ । दर्जनौ हात्तीहरू एकसाथ भोज गरिरहदा उनीहरूमा छुटै रौनकता देखिन्थो । भने उनीहरूको भोज देखेर पर्यटक तथा दर्शक दंग थिए ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गर्न थालिएको थियो । १८ औं संस्करणको हात्ती महोत्सव सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ ।
महोत्सवमा हात्तीको पेनल्टी शूट आउट, सुन्दरी प्रतियोगिता र हात्तीहरुको वनभोज कार्यक्रम आयोजना गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

पुष १२, चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को समापनको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ आज(शुक्रबार)बाट भरतपुरको मेघौलीमा सुरु भएको छ । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमका बिच महोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रमा बोल्नुहुँदै मुख्यमन्त्री लामाले रैथाने खानाले मात्रै पर्यटन प्रवर्द्धन गर्न सक्ने बताउनुभयो । रैथाने खानाको स्वादको अहिले महत्त्व बढ्दै छ । रैथानेको संरक्षणले मात्रै विकास बढ्ने छ उहाँले भन्नुभयो । थारू, बोटे लगायतका जनजातिहरूको भाषा संस्कृतिसँगै मेघौलीको रैथाने खानाको संरक्षणमा गर्न उहाँले जोड दिनुभयो ।

उहाँले रैथाने खानासँगै रैथाने अन्नको बिउँ जोगाउन पनि सबैमा आग्रह गर्नुभयो । उहाँले हात्ती पोलो मेघौलीको पहिचान भएकाले यसको निरन्तरता गर्न आग्रह गर्नुभयो । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले मेघौली थारू, दरै बोटे जस्ता आदीवासीहरूको थलो भएको बताउनुहुँदै यहाँको रैथाने खानाको विकास र प्रचारप्रसार गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सभाका सांसद ईश्वर सापकोटाले सबै मिलेर भरतपुरको पर्यटन प्रवर्द्धनमा लाग्नु पर्ने बताउनुभयो । महोत्सवमा विभिन्न जात जातिका रैथाने खानाहरू राखिएका छन् ।

रैथाने खानामार्फत् चितवनको पर्यापर्यटन विकास गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको हो । महोत्सव मुल समारोह समितिका संयोजक मायाराम महत्तोले आदीवासी तथा जनजातिहरू थारू, कुमाल, दराई, माझी मुसहर, बोटे, मगर गुरुङ लगायतका रैथाने खानाहरू राखिएको जानकारी दिनुभयो । महोत्सव पुस १६ गते सकिने छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । भरतपुर महानगर पालिकाका प्रमुख रेनु दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

पुष १२, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध हात्ती हो ।

३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो। हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिएको संयोजक तिवारीले बताउनुभयो । उहांले नङ फुटे, नफुटेको, लगायतका बारेमा पनि मूल्यांकन भएको बताउनुभयो ।

 

Subcategories