News

चैत ५, चितवन । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।


चैत ३, चितवन । चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आइतबार
लालपूर्जा वितरण गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताउनुभयो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउनुभयो । सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको बताउनुभयो ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क राख्नुभयो । सुकुम्बासीलाई लालपूर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन, उहाँले भन्नुभयो,‘ हामी नागरिकप्रति जिम्मेवार छौ । स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ । कानुन, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’
भरतपुरमा महानगरपालिकाको तथ्याङक अनुसार भूमिहिन दलित २ हजार ५२, भूमिहिन सुकुम्बासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्बासी धुरी रहेका छन् ।

 

२ गते चैत, शनिबार । चितवन

चैनपुर-सिद्धिपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा दल बहादुर सुनारले फराकिलो मतान्तरसहित अध्यक्ष पदमा विजय हासिल गरेका छन् । ४९० मत खसेको उक्त निर्वाचनमा सुनारले १८३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भएका थिए ।

अन्य प्रतिस्पर्धीहरूमा नेकपा ९एमाले०का ढलक कुमार लामाले १३२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका खड्ग बहादुर कार्कीले ९४ मत, र नेपाली कांग्रेसकी टीका गुरुङले ६९ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा १२ मत बदर भएको थियो ।

मतपरिणाम अनुसार, सुनारको जितलाई संस्थामा स्थिरता, समावेशिता र गुणस्तरीय सेवा प्रवाहका लागि महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ । निर्वाचनपछि अध्यक्ष सुनारले सफा खानेपानीको प्रभावकारी व्यवस्थापन, उपभोक्ताको सेवा सुधार, र दीर्घकालीन टिकाउ विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय उपभोक्ताहरूले पनि सुनारको नेतृत्वमा संस्थाले गुणस्तरीय सेवा दिनेमा विश्वास व्यक्त गरेका छन् । यस जितसँगै सुनार र उनकी कार्यसमितिले आगामी कार्यकालमा नयाँ योजना र सेवा सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ ।

Subcategories