News

अध्यक्ष : पवित्रा ढकाल

प्रबन्धक : कोमलचन्द्र भगत

सम्पादक : सविना लामिछाने

व्यवस्थापक : सचिन भट्राई

ग्राफिक्स डिजाइनर : अंकित भगत

सुचनाप्रविधि सल्लाहकार :
दिपेन्द्र भगत
अविनाश भगत

छायांकार :
शिव सुनार
खड्ग सुनार

कार्यालय भरतपुर ९ बिहानीटोल चितवन
फोन नं. ०५६ ४२०२४९


चैत १०, चितवन ।
अटो मेकानिकल्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशन चितवनमा सम्पन्न भएको छ। 
महाधिवेशनले गोपाल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नव निर्वाचित अध्यक्ष भट्टराई चितवनका पुराना अटो व्यवसायी हुन्। भट्टराईले अहिले बनेको कार्य समिति समावेशी भएको बताउँदै संस्थाको उद्देश्य र साथीहरूको भावना अनुसार विगतका राम्रा कामलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताए। चितवनमा अटो ल्याण्ड निर्माणमा जोड दिने बताउँदै उनले आफ्नो ३ वर्षको कार्यकालमा इतिहास कोर्ने प्रतिबद्धता जनाए। अटो क्षेत्रमा सम्भावना रहेको जानकारी दिँदै नव निर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई साथीहरूको साथ सहयोगमा नयाँ ढंगले अगाडि बढाउने कुरामा जोड दिए।नयां बनेको कार्य समितिमा  बरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, उपाध्यक्षमा ज्योति भण्डारी, टिकादत्त अधिकारी, ज्ञान बहादुर फौदार क्षेत्री, मातृका सापकोटा रहेका छन्।

यसैगरी, महासचिवमा इन्द्र त्रिपाठी, कोषाध्यक्षमा बाबुराम आचार्य र सचिवमा तुल्सीराम न्यौपाने रहेका छन्। त्यसैगरी सदस्यहरूमा पुजा गैरे, मिनराज भुसाल, बाबुलाल पाण्डे, रत्नराम बन्जारा, दिलीप पाठक, सन्तोष कुमार मिश्र, सानुमान जलारी, अमृत सिंह वाइवा, रामबहादुर लोहोनी र रबिन रेग्मी रहेका छन्। साधारण सभा तथा अधिवेशनको चितवन अटो मेकानिकल व्यवसायी संघका संस्थापक अध्यक्ष झलक बहादुर श्रेष्ठले उद्घाटन गर्दै अटो क्षेत्रको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए। उनले अटो ल्याण्ड निर्माणमा जोड दिनुपर्ने बताउँदै अटो व्यवसायीले सर्वसुलभ, गुणस्तरीय सेवा र सुविधा दिन आवश्यक रहने सुझाव दिए। नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अधिवेशनमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडे, सदस्य दामोदर खनाल र यम प्रसाद भुसालको टिमले निर्वाचन कार्य सम्पन्न गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।



चैत ७, चितवन । चितवनकी पत्रकार सदस्य संगिता बानियाँ (सिलवाल)को निधन भएको छ । ब्रेन क्यान्सरबाट पीडित संगीताको उपचारको क्रममा आज बिहिबार बिहान २ः४५ बजे चितवन मेडिकल कलेज क्यान्सर अस्पतालमा निधन भएको हो ।नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य पत्रकार बानियाँको देवघाटमा अन्तेष्टि गरिएको छ । शिवशक्ति रेडियोमा कार्यरत उनी पश्चिम चितवन पत्रकार मंचकी उपाध्यक्ष, सन्चारीका समुह की कार्यसमिती सदस्य समेत हुन् । दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो ।स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।३० वर्षको उमेरमा निधन भएकी उनको श्रीमान विश्वास र एक ९ वर्षीय छोरी आरोही सिलवाल छन् । भरतपुर १४ शिबनगर स्थायी घर भएकी उनी विभिन्न सामाजिक संघ संस्थाम समेत कृयाशिल थिइन् ।यो वर्ष नेपाल पत्रकार महासंघ चितवन शाखाले २ जना सदस्य गुमाएको छ ।यसअघि फागुन ७ गते ब्लड क्यान्सर पिडित माडी निवासी भुपराज पाठकको निधन भएको थियो । उनीहरुको निधनले संगीताको उपचारका लागि एक महिनाअघि बचाउ अभियान समेत गठन गरि आर्थिक सहयोग संकलन गरिएको थियो ।२२ लाख बढि सहयोग प्राप्त भएको र उपचारमा आधा भन्दा बढि खर्च भएको अभियानका संयोजक विदुर केसीले बताएका छन् । उपचार खर्च कटाएर बाँकी रहेको रकम छोरी आरोहीको शिक्षा दिक्षामा सहयोग पुग्ने गरि बैंकमा जम्मा गरिने अभियानले जनाएको छ ।चैत ६ गते बसेको अभियान समितिको बैठकले सहयोग अभियान रोक्ने गर्ने निर्णय गरेको अभियानका सदस्य एवं पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष अनिल भट्टराईले बताएका छन् ।पार्थिव शरीरमा दागबत्ति दिएका ससुराबुवा मोहनबहादुर सिलवालले संगीताको क्रियाकर्म गरेका छन् ।

Subcategories