News

फागुन १९, चितवन । यहाँको राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशालाले चितवन सहित १६ जिल्लाबाट संकलित नमुना परिक्षण गर्दा व्याक्टेरीया र भाइरसको समस्या वढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन । प्रयोगशालाले साउन यता ६ महिनामा १ हजार २८५ किसानको २ हजार १७५ कुखुराको पोष्टमार्टम गरी रोगको परिक्षण गरेको थियो । कार्यालयका प्रमुख बिजय कुमार श्रेष्ठका अनुसार बातावरणमा हुने व्याक्टेरीयाका कारण इकोलाइ २९५ वटामा, गम्बारो भाइरस १६८ वटामा, सिआरडी व्याक्टेरीया १५४ वटामा, ढुसी ९माइक्रोटक्सीन० ११२ वटामा, साल्मोनेला व्याक्टेरीया ७२ वटामा देखिएको छ । यस्तै एसआईटिस ९पेटमा पानी जम्ने० ५९ वटामा, सिसिआरडी व्याक्टेरीया ४१ वटामा, फाउल कलेरा ९कुखुराको हैजा० २५ वटामा, कक्सी डियोसीस ९रातो छेर्ने०१९ वटामा, जुका १४ वटामा र रानीखेत ८ वटामा देखिएको थियो । यही अबधिमा चार वटा खोरका ब्रोइलर कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शतप्रतिशत सम्म मृत्यु हुने भएकाले जैबिक सुरक्षा अपनाउनु पर्ने उहाँको भनाई छ । रानी खेत, बर्डफ्लु जस्ता कारण शतप्रतिशत कुखुरा मर्ने गर्दछन् । गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमानै सतर्कता अपनाउन कृषकहरुलाई सुझाब दिएको बताउनुभयो । फार्ममा दाना, पानी, औषधि, भूष लगाएतका सामाग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैबीक सुरक्षालाई कडाईका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निः संक्रमण गर्ने औषधि पाईने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः संक्रमण गर्नुपर्ने हुन्छ । मौषम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशै भरका कुखुरा पालक कृषकले ध्यान दिनु पर्ने श्रेष्ठको भनाई छ । यस कार्यालयले देशैभरीका पंक्षीका नमुना लिएर परिक्षण गर्ने गर्दछ । यस वर्षको पुस सम्ममा बागमती, गण्डकी र लुम्बीनी प्रदेशका १६ जिल्लामा पालिएका पंक्षीहरुको नमुना परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमुना चितवनका रहेका छन् ।

 

फागुन १७, चितवन।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै शाही युवा शक्ति नेपालले काठमाडौंमा र्‍याली निकालेको छ। राजधानीको दरबारमार्गमा प्रदर्शनका कारण माहोल अशान्त बनेको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू नारायणहिटी दरबार संग्रहालयमा छिर्ने प्रयास गरिरहेका छन्। यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। सामाखुसीबाट निस्किएका प्रदर्शनकारीहरू दरबारमार्ग आइपुग्दा नारायणहिटी संग्रहालय अगाडि भिड जम्मा भएको थियो। उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘राजतन्त्र जिन्दाबाद’, ‘हामीलाई राजा चाहियो’, ‘राजा आऊ, देश बचाउ’ जस्ता नारा लगाउँदै प्रदर्शन गरे। समर्थकहरूले नेपालको झन्डा बोकेर बाइक र पैदल र्‍याली गरे भने केहीले पूर्वराजा शाहको ठूलो तस्बिरसमेत बोकेका थिए । उनीहरूले झन्डा हल्लाउँदै नाचगानसमेत गरे। नाराबाजी र भिडले सडक अस्तव्यस्त बनाएको छ। ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच पुनः राजालाई लगाइदिनुपर्ने समेत बताएका छन्।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ गरिएको छ भने नारायणहिटी क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ।

फागुन १७, चितवन। चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो अभियान सुरु गरेको थियो । माघ ११ मा चितवनबाट सुरु गरिएको अभियान बागमती प्रदेशका सबै जिल्लामा लागु गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी नरेश सुवेदीले बताए । अभियान अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका शिक्षकरतलाई ट्राफिक प्रहरीले तालिम दिन थालेको छ । तालिम लिएका शिक्षकहरूले हरेक हप्ता एउटा कक्षाका विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्छ । चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका ५ सय ८ जना शिक्षकहरुलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ । चितवनका ७ वटा स्थानीय निकायमा प्रशिक्षण सम्पन्न गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अवधारणा अन्तर्गत सवारी दुर्घटनाको अवस्था, न्यूनीकरणमा देखिएका समस्या, चुनौती र जबाफदेहिताको क्षेत्रबारे शिक्षकहरूलाई प्रशिक्षण दिइन्छ । प्रशिक्षणको आधारमा शिक्षकहरुले विद्यार्थीहरूलाई ट्राफिक नियम पालना गर्ने र दुर्घटनाबाट जोगिनेबारे कक्षाकोठामा सिकाउँछन् । सडक नियमबारे विद्यार्थीलाई पढाउन पाठ्यसामग्री पनि उपलब्ध गराउने लक्ष्य राखिएको एसपी सुवेदीले जानकारी दिए । ट्राफिक नियम ‘जीवन मरणको नियम’ भएको हुनाले शिक्षकहरुले कक्षाकोठामा सो नियम सिकाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इनस्पेक्टर गायत्रीराज शर्माले बताए । उनले भने, ‘सवारी नियमको ज्ञान विद्यार्थीसम्म लैजाने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

 

Subcategories