News

माघ ३०, काठमाडौं — काठमाडौंको साँखुमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृतकमध्ये सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। यस्तै, अन्य दुईजनाको एनएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परेको बा २ ख ७९५८ नम्बरको बस चाबहिलस्थित एसएस एकेडेमीले नगरकोट पिकनिकका लागि रिजर्भ गरेको थियो। नगरकोटबाट विद्यार्थीलाई फर्काउने क्रममा साँखु–नगरकोट सडकखण्डअन्तर्गत शंखरापुर नगरपालिका–५ स्थित कात्तिके क्षेत्रमा ब्रेक फेल भएर बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना बुधबार दिउँसो करिब ४ः४५ बजे भएको हो।

४० जना घाइते, विभिन्न अस्पतालमा उपचार जारी

दुर्घटनामा परी घाइते भएका ४० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्।

पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरूः

पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरू:

  • फिलिप लामा (१०)
  • प्रज्ज्वल थापा (१०)
  • भीम तामाङ (११)
  • राम परियार (१६)
  • सुजन मगर (१६)
  • सिरिसा सुवेदी (१२)
  • प्रकाश बम (१६)
  • साधन विष्ट (१२)
  • आराध्या शाह (१०)
  • आशिष तामाङ (१५)
  • स्नेहा राई (२१)
  • गंगा ज्योति (४२)
  • रञ्जित थापा (१३)
  • सुहाना गुभाजु (१३)
  • श्रीशान्त पौडेल (१५)
  • कल्पना रेग्मी (३२)
  • विकल्प श्रेष्ठ (१०)
  • नाइस्का पाण्डे (२३)
  • सुविता तामाङ (१४)
  • निशान्त पौडेल (१४)
  • सौगात मगर (१४)
  • अबित खान (१०)
    (अन्य दुईजनाको विवरण आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचाररत घाइतेहरू:

  • आदित्य सुनार (१२/१३)
  • धीरज साउद (१४)
  • सन्देश गिरी (१३)

त्यस्तै, एनएमसी अस्पतालमा १० जना र त्रिवि शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

माघ २९, चितवन । नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतो रहेका छन् । गैँडाकोट नगरपालिका वडा नं.१ मिलनचोकमा आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट घाइते भएका महतोको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । टाउकोमा चोट लागेका उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएकोे छ ।

 


चितवन, माघ २७ । तस्विर : अंकित भगत । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी नराखेको बताउनुभएको छ । भरतपुर ९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले महानगरको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न एक कक्षा कोठा एक शिक्षक, दिवा खाजा संघीय सरकारले दिने रु १० मा रु ५ थप, छात्राहरुलाई साईकल वितरण, छात्रावृत्ति, न्यानो कपडा वितरणलगायतका धेरै कार्य गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि त्यस अनुसारको नतिजा प्राप्त गर्न नससकेको अवस्थामा भरतपुरले भने शिक्षामा फड्को मारेको बताउनुभयो । ‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’ उहाँले भन्नुभयो, ‘हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।’ विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनु पर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहने छ’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थगत विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’


व्यावहारिक शुक्रबार भनेर विद्यार्थीहरुलाई विद्यालयमा व्यावहारिक ज्ञान दिने नैतिक ज्ञान दिने काम भइरहेको मेयर दाहालको भनाइ थियो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक कर्मचारी र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम हुनु पूर्व भरतपुर ८ र ९ को चोकबाट ¥याली निकालिएको थियो ।
प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि त्यस अनुसारको नतिजा प्राप्त गर्न नससकेको अवस्थामा भरतपुरले भने शिक्षामा फड्को मारेको बताउनुभयो ।
‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’ उहाँले भन्नुभयो, ‘हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।’
विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनु पर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।


‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहने छ’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थगत विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
व्यावहारिक शुक्रबार भनेर विद्यार्थीहरुलाई विद्यालयमा व्यावहारिक ज्ञान दिने नैतिक ज्ञान दिने काम भइरहेको मेयर दाहालको भनाइ थियो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक कर्मचारी र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम हुनु पूर्व भरतपुर ८ र ९ को चोकबाट ¥याली निकालिएको थियो ।

Subcategories