News

भदौ १, भरतपुर ।
सञ्चारकर्मी सविना लामिछानेले भरतपुरको वीरेन्द्र क्याम्पस रोडमा मदिरा पसल आद्या लिक्वेर्स सञ्चालनमा ल्याएकी छन् । सञ्चारकर्मी सविना लामिछानेले ‘आद्या लिक्वेर्स’ नामक मदिरा पसल सञ्चालनमा ल्याएकी हुन् । वीरेन्द्र क्याम्पस रोडस्थित दिपेन्द्र चोकमा अवस्थित डिप ड्रपको आउटलेटको रुपमा आद्या लिक्वेर्स खुलेको हो ।

 

डिप ड्रप लामिछानेका श्रीमान् राजिव भट्टराईले चलाउनु भएको छ । उद्घाटनको अवसरमा भदौ महिनाभरि बिक्रि मूल्यमा ५ प्रतिशत छुट दिइने लामिछानेले जानकारी दिइन् । लामिछाने चितवन खबर डट कम की सम्पादक हुन् ।

 

भदौ १, सौराहा । पवित्रा ढकाल / कोमल चन्द्र भगत । वि.सं. २०६१ मा चितवन झर्नु भएका डा. दम्पतीले फउण्डेसन स्थापना गर्नु भएको छ । लामो समय देखि स्वास्थ्य सेवा अन्तर्गत दन्त चिकित्सा क्षेत्रमा काम गर्दै आउनु भएका उहांहरुले आफ्रनै कमाईबाट सामाजिक सेवा गर्ने उद्देश्यले फाउण्डेसन स्थापना गर्नु भएको हो । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा. सरु फाउन्डेसन’ स्थापना गरेको एक कार्यक्रमको आयोजना गरी औपचारीक रुपमा घोषणा गर्नु भयो ।

कार्यक्रममा फाउण्डेसनका संस्थापक डा. अजय न्यौपानेले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, कला संस्कृति, खेलकुद लगायत क्षेत्रमा काम गर्ने बताउनुभयो । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उहांहरुको उद्देश्य रहेको डा. न्यौपानेले बताउनुभयो । वार्षिक १० लाख रुपैयाँ कोषमा राख्दै जाने उहांको भनाइ छ । चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको उहांले बताउनु भयो । आउँदो वर्षबाट कोषको व्याजमा अरु रकम थप गरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्ने उहां बताउनु भयो । दस वर्षमा अक्षयकोष एक करोड रुपैंया पु¥याउने उहांको लक्ष्य रहेको छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने चिकित्सक दम्पतीको योजना रहेको उहांले बताउनुभयो । चिकित्सक दम्पत्तीले हालसम्म शिविर मार्फत ३५ हजार जनालाई निःशुल्क सेवा प्रदान गरिसकेको बताउनु भयो ।फाउन्डेसनले २० जना विद्यार्थीलाई जनही १० हजार रुपैंयाका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँच मार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्ने लगायतका काम फाउण्डेसनले गर्नेछ । त्यस्तै विपन्न २० परिवारलाई स्वास्थ्य बिमा गरिदिने योजना पनि रहेको छ । सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाइ मात्रै प्रयोग गरिने भन्दै उहांहरुले अन्य दाताको सहयोग नलिने बताउनु भयो ।

यद्यपि स्थानीय सरकार, रोटरी र अन्य सामाजिक संघ संस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ । अरु संग मागेर गरिने सहयोग समाज सेवा भित्र नपर्ने भन्दै डा. दम्पतीले आफ्रनै कमाईले समाज सेवा यात्रा शुरु गर्नु भएको छ । डा. अजय न्यौपाने भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख हुनुहुन्छ भने डा. सरु थापा साइराम डेन्टल केयरकी अध्यक्ष हुनुहुन्छ ।


साउन ३१, काठमाडौं – डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोहि छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केहि थोरै फिल्मका दृश्यहरु पनि देखाइएको छ । निर्माण टिमले यस लिरिकल गीतमार्फत फिल्म कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास गरेको छ । चर्चित तथा स्थापित गायक शिशिर योगीको आवाज तथा म्युजिक, कवि अर्जुन पराजुलीको शव्द, विवी अनुरागीको एरेन्जमा यो गीत तयार भएको हो । विभिन्न फिल्म फेस्टिवल तथा विशेष शो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । यस फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । डकुमेन्ट्री पार्टमा भने देशभरका विभिन्न घटना र दृश्य देखाइएको छ ।
रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ’रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गर्छ । यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडिओ निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा।डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर यस डकुमेन्ट्री सर्ट फिल्म तयार पारेका हुन् । आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन् । निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादनमा तयार फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइन भरत कंडेलको रहेको छ । केहि समय अघि काठमाडौंमा भएको विशेष प्रदर्शनमा सहभागी दर्शक तथा अतिथीले यस फिल्मलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

 

Subcategories