News

चितवन, चैत १ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्स् तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।

चितवन, चैत १ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय ९एफसिडिओ० द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्स् तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।

 

चितवन, फागुन २० ।
नेकपा एमाले कालिका नगरपालिकाको अध्यक्षमा पुनः केशव लामा चयन भएका छन् ।
कालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनले लामाको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जित बहादुर भट्टराई, दर्गादत्त पौडेल, उपसचिव उमाकान्त सापकोटा र शारदा देवी रेग्मी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

निर्वाचित कमिटीलाई आज सपथ ग्रहण गराइएको छ । शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य जेएन थपलिया, केन्द्रीय सदस्य कृष्णभक्त पोख्रेल, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, जिल्ला कमिटीका नेताहरु टिका रिजाल, झलक राज भट्ट, रेवती पौडेल लगायतकोे उपस्थिति रहेको थियो ।

प्रकाश खनाल शैलेशको अध्यक्षतामा सम्पन्न शपथ ग्रहण कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य दिवश पाण्डे, विमला लामा लगायतको उपस्थिति रहेको थियो ।

Subcategories