News

 

बैशाख ९, रत्ननगर । 
रत्ननगर । चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । रत्ननगर वडा नं १ सौराहाचोकमा रहेको आनन्द होटलको सहयोगमा देवी अभियानले आयोजना गरेको सो कार्यक्रममा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको देवी अभियानको यो पाँचौं पटकको रक्तदान कार्यक्रम हो । रत्ननगरकी देवी अधिकारीले सञ्चालन गरेको अभियानले गरिव तथा सीमान्तकृत समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्यान्न, लत्ताा कपडा समेत सहयोग गर्दैै आएको छ । अभियानले रक्तदान कार्यक्रम देखि ह्विलचियर वितरण, विपन्नको उपचार, भोकालाई खाद्यान्न लगायतका कामहरु गर्दै आएको अभियानकी अध्यक्ष अधिकारीले बताइन् । चितवनमा रगतको अभाव भएको थाहा पाएपछि आनन्द होटलसंग सहकार्य गरी होटलकै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रममा देवी अभियानलाई निरन्तर सहयोग गर्ने होटलका सञ्चालक आनन्द क्षेत्रीलाई सम्मान समेत गरिएको छ ।


बैशाख ९, रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान अन्तर्गत चर्चा एवं जागरुकता सम्बधी अन्तरक्रिया कार्यक्रम गरेको हो । वाल अधिकार संवाहकको समन्वयमा आयोजना गरिएको कार्यक्रममा रत्ननगरका जनप्रतिनिधि र वालवालिकाको क्षेत्रमा काम गर्ने कर्मचारी बीच वालअधिकार सम्बन्धमा चर्चा र योजना कार्यान्यनको लागि गर्नुपर्ने कामहरुको बारेमा अन्तर्गक्रिया गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । कार्यक्रममा पाँच जना बाल अधिकार संवाहकहरुले वाल अधिकार, वालयौन सिंसा, वाल विवहा सम्बन्धी कानुन, न्यूनीकरणका लागि पालिका देखि राष्ट्रिय स्तरमा भएका प्रयासहरुको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा वालबालिकाहरुलाई लक्षित गरी साइबर सुरक्षा र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाको बारेमा समेत अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता र साइबर सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरणका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगर बालमैत्री घोषणा भएको नगर रहेको भन्दै त्यसको निरन्तरताको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । घोषणा गर्दा तयार गरिएको आचारसंहिता कार्यान्वय र सुचक अनुसार योजनाबद्ध रुपमा कार्यहरु सञ्चालन भइरहेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका स सदस्य तथा नगर सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रम अन्तर्गत शनिबार बालबालिकाहरुबीच अन्तरक्रिया गरी उनीहरुको समस्या बुझ्ने काम गरिएको थियो । बालबालिकाहरुबाट व्यक्त भएका विषयहरुलाई जनप्रतिनिधि र कर्मचारीको बीचमा राखेर उनीहरुको समस्या सामधानको लागि अन्तरक्रिया कार्यक्रम गरिएको रत्ननगरकी बालअधिकार संवाहक निशा मगरले जानकारी दिइन् ।

 

बैशाख ७, भरतपुर । 

योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीमा गैरआासीय नेपाली संघ र ललितपुर –२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालले ई–लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान प्रदान गर्नुभएको छ । पुस्तकालयका संयोजक डी आर पोखरेललाई एक समारोहका बीच ढकालले हस्तान्तरण गर्नु भएको हो । ई लाइब्रेरीमा एक लाख साठी हजार भन्दा बढि विभिन्न विधाका पुस्तक रहेका छन् ।

डी आर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप–कूलपति इन्द्र रेग्मीले यस पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीलाई पछि सम्म पनि सहयोग जारी राख्ने र ७० लाख गैरआासीय नेपालीलाई यो संस्था संग जोड्नुका साथै राष्ट्र गुरु योगी नरहरिनाथले सिर्जना गर्नु भएका महत्त्वूर्ण पुस्तक छपाई र प्रकाशनमा यथा संभव सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो । ल्यापटप दाता एना ढकालका पिता एबम् श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका सचिव नवराज ढकालले योगी नरहरिनाथ पुस्तकालयलाई नयाँ उचाइमा पुर्याउन पुस्तकालयको आवश्यकता र अनुरोधलाई स्वीकार गरी छोरीले सहयोग गर्नु भएकोमा धन्यबाद एबम् आभार प्रकट गर्नु भयो । कार्यक्रमलाई श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल र अध्यक्ष शैलेन्द्र कुमार पियाले यस्ता प्रकारका सहयोगलाई निरन्तरता दिँदै योगी नरहरिनाथले परिकल्पना गर्नु भएको वागीश्वरी माथि उठाउन सबैलाई अनुरोध गर्दै दातालाई धन्यवाद ज्ञापन गर्नु भयो। सो कार्यक्रममा पुस्तकालय व्यवस्थापनका सदस्य प्रा डा होमनाथ सापकोटाले स्वागत गर्नु भयो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका साचिव भोजराज भट्टराईले गर्नु भएको थियो

Subcategories