News


चितवन, १४ वैशाख । तस्विर कोमलचन्द्र भगत ।  नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुदै अब चितवनमा पनि विस्तार भएको हो ।काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले  पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको हो । कम्पनीका ब्रान्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, “फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ । चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुबाट खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौँ ।”त्यस्तै कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, “हामी फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजनामा छौं ।

 

काठमाडौं,पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ।”स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौँ र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको छ । चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । साथै भविष्यमा अन्य सेवाहरु पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ । फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकले मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् । फुडमान्डुसँग अहिले १,००० भन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् । चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा "FOODSAFARI"  कोड प्रयोग गर्दा ३०% (रु ५०० सम्म) छुट पाउने घोषणा गरेको छ । यो उपलब्धीलाई निरन्तरता दिँदै फुडमान्डुले अन्य मुख्य सहरहरुमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ ।

वैशाख ११, चितवन । तस्विर : कोमल चन्द्र भगत ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताउनुभएको छ । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उहाँले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गर्नुभयो ।

पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ । नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पार्नुभयो । विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ(उहाँले भन्नुभयो । रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ( उहाँले भन्नुभयो। ुकाम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छु उहाँले भन्नुभयो ु काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।ु भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो । ((((

बैशाख १०, चितवन । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रममा बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरेको हो । नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १, २४ र २७ लाई विपद् सामग्री हस्तान्तरण गरिएको हो । सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो । वन्यजन्तु, आगलागी, नदी डुबान र स्वास्थ्य सम्बन्धी विभिन्न २६ वटा विपद्का सामग्री प्रदान गरिएको हो । जसमा खोज तथा उद्दार सामग्रीहरु रहेका छन् । ९ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

Subcategories