News

 

बैशाख ९, रत्ननगर । बिकास पौडेल । 
चितवनको रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएको छ । कार्यपालिकाको बैशाख १ गतेको निर्णय र नगर शिक्षा ऐन २०७४ संशोधन सहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन नगरपालिकाले नगर भित्रका संस्थागत विद्यालयलाई पत्रचार गरेको हो । कुनै कक्षामा भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि शुल्क लिन नपाउने एनमा उल्लेख रहेका र उक्त ऐन पूर्णरुपमा लागू गराउन लागिएको नगर प्रमुख प्रलाद सापकोटाले बताए । नगर शिक्षा ऐन २०७४ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को दफा १४।१९२० ले समेत कक्षाको मासिक शुल्कको १ महिनाको शुल्क बराबर हुनेगरी १ पटक मात्र भर्ना शुल्क लिने व्यवस्था गरेकोमा विद्यालयमा १ पटक भर्ना शुल्क तिरी भर्ना भएको विद्यार्थीलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क लिन नपाईने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले वताए ।

 

बैशाख ९, रत्ननगर । 
रत्ननगर । चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । रत्ननगर वडा नं १ सौराहाचोकमा रहेको आनन्द होटलको सहयोगमा देवी अभियानले आयोजना गरेको सो कार्यक्रममा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको देवी अभियानको यो पाँचौं पटकको रक्तदान कार्यक्रम हो । रत्ननगरकी देवी अधिकारीले सञ्चालन गरेको अभियानले गरिव तथा सीमान्तकृत समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्यान्न, लत्ताा कपडा समेत सहयोग गर्दैै आएको छ । अभियानले रक्तदान कार्यक्रम देखि ह्विलचियर वितरण, विपन्नको उपचार, भोकालाई खाद्यान्न लगायतका कामहरु गर्दै आएको अभियानकी अध्यक्ष अधिकारीले बताइन् । चितवनमा रगतको अभाव भएको थाहा पाएपछि आनन्द होटलसंग सहकार्य गरी होटलकै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रममा देवी अभियानलाई निरन्तर सहयोग गर्ने होटलका सञ्चालक आनन्द क्षेत्रीलाई सम्मान समेत गरिएको छ ।


बैशाख ९, रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान अन्तर्गत चर्चा एवं जागरुकता सम्बधी अन्तरक्रिया कार्यक्रम गरेको हो । वाल अधिकार संवाहकको समन्वयमा आयोजना गरिएको कार्यक्रममा रत्ननगरका जनप्रतिनिधि र वालवालिकाको क्षेत्रमा काम गर्ने कर्मचारी बीच वालअधिकार सम्बन्धमा चर्चा र योजना कार्यान्यनको लागि गर्नुपर्ने कामहरुको बारेमा अन्तर्गक्रिया गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । कार्यक्रममा पाँच जना बाल अधिकार संवाहकहरुले वाल अधिकार, वालयौन सिंसा, वाल विवहा सम्बन्धी कानुन, न्यूनीकरणका लागि पालिका देखि राष्ट्रिय स्तरमा भएका प्रयासहरुको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा वालबालिकाहरुलाई लक्षित गरी साइबर सुरक्षा र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाको बारेमा समेत अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता र साइबर सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरणका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगर बालमैत्री घोषणा भएको नगर रहेको भन्दै त्यसको निरन्तरताको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । घोषणा गर्दा तयार गरिएको आचारसंहिता कार्यान्वय र सुचक अनुसार योजनाबद्ध रुपमा कार्यहरु सञ्चालन भइरहेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका स सदस्य तथा नगर सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रम अन्तर्गत शनिबार बालबालिकाहरुबीच अन्तरक्रिया गरी उनीहरुको समस्या बुझ्ने काम गरिएको थियो । बालबालिकाहरुबाट व्यक्त भएका विषयहरुलाई जनप्रतिनिधि र कर्मचारीको बीचमा राखेर उनीहरुको समस्या सामधानको लागि अन्तरक्रिया कार्यक्रम गरिएको रत्ननगरकी बालअधिकार संवाहक निशा मगरले जानकारी दिइन् ।

Subcategories